धौलागिरी लघुवित्तको आईपिओ १०० मा ९८ जनाले नपाउने


धौलागिरी लघुवित्तको साधारण सेयर सोमबार बाँडफाँड हुने भएको छ । लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार आइतबार प्रि अलटमेण्ट पुरा गरी सोमबार सेयर बाँडफाँड गर्न लागिएको हो ।

लघुवित्तले साउन २४ गतेदेखि २९ गतेसम्म निष्काशन गरेको ३ लाख ९ हजार २९५ कित्ता सेयरका लागि १९ लाख ५२ हजार ४६० आवेदकबाट २ करोड १७ लाख २१ हजार ५७० कित्ता सेयर माग भएको थियो ।

लिलामीमा एक सय रुपैयाँमै बिक्न छाड्यो सेयर

लघुवित्तको सेयर १० कित्ताका दरले ३० हजार ९२९ जनाले पाउने छन् भने उल्लेखित मध्येबाट ५ जनाले थप १ कित्ताका दरले सेयर पाउने छन् ।

कुल आवेदकका आधारमा सेयर पाउनेको प्रतिशत १.५८ प्रतिशत हुन्छ । सेयर नपाउनेहरु ९८.४२ प्रतिशत हुनेछन् ।

सेयर आवेदनका क्रममा रद्ध भएका आवेदनहरु समायोजन गर्दा यो संस्ख्या तथा प्रतिशतमा केही परिवर्तन हुन सक्छ ।

७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको साधारण सेयर निष्काशन पश्चात १० करोड नाघ्नेछ ।

९ वटा लघुवित्तको प्रतिसेयर आम्दानी ६० रुपैयाँभन्दा धेरै, कुनको खुद नाफा कति ?

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।