‘प्रकाश’ लाई बिदेशी चलचित्रकै बराबरीमा शो प्राप्त, विश्वभर बुकिङ खुल्यो, अस्ट्रेलियामा शोल्ड आउट

0
Shares

भदौ १० देखि विश्वव्यापी प्रदर्शनमा आउन लागेको सिनेमा ‘प्रकाश’लाई विदेशमा राम्रो शो प्राप्त भएको छ ।

बिदेशी मल्टीप्लेक्सहरुले बहुप्रतिक्षित चलचित्र ‘प्रकाश’को अग्रिम बुकिङ खुल्ला गरेका छन । अमेरिकामा आधा दर्जन हलमा चलचित्र प्रदर्शन हुँदैछ । यता अष्ट्रेलियामा बिभिन्न शोहरु शोल्डआउट भइसकेका छन् ।

भाद्र १० गते बिश्वभरबाट एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्रको युएई, ओमान, बहराइन कतार लगायतका देशहरुका अग्रिम बुकिङ खुल्ला भएको हो ।

नोभा सिनेमाले यएईमा मात्र चलचित्रका लागि दैनिक १९ शो सम्म उपलब्ध गराएको छ । नोभा नेटवर्क अन्र्तगतका बिभिन्न ६ वटा हलहरुमा शुक्रबार देखि बुधबारसम्मको लागि चलचित्रको शो सार्वजनिक भएको हो ।

यस्तै ओमन र कतारमा पनि नोभा सिनेमाले चलचित्रका लागि उत्तिकै संख्यामा शो उपलब्ध गराउको छ भने बहराइनमा रहेको नोभा सिनेमाले दैनिक दुई शो उपलब्ध गराएको छ ।

बिभिन्न देशका मल्टिप्लेक्सहरुमा नेपाली चलचित्रले बिदेशी चलचित्रकै बराबरीमा शो प्राप्त गरेको निर्माता महेन्द्र अधिकारीले जनाएका छन् । यस्तै युएइको स्टार सिनेमाले चलचित्र ‘प्रकाश’को लागि दुई शो दिएको छ भने आबु दुबईको नेशनल सिनेमाले पनि दुई शो दिएको छ ।

यता भक्स सिनेमाले शुक्रबार देखि बुधबार सम्म चलचित्र प्रकाकालागि शो दिएको छ । भक्स सिनेमाले सिटि सेन्टर दैरा र सिटि सेन्टर सिन्दघामा दैनिक दुई–दुई शो उपलब्ध गराएको छ ।

यस्तै ओस्कर सिनेमाले पनि शुक्रबार बाट बुधबार सम्मका लागि चलचित्रको शो सार्वजनिक गरेको छ । आबु दुबईमा रहेको ओसकर सिनेमाले चलचित्रका लागि दैनिक दुई शो उपलब्ध गराएको हो ।

निर्माता अधिकारीका अनुसार अमेरिकामा पनि चलचित्र ‘प्रकाश’ रेलुगलर शो मै प्रदर्शन हुनेछ । त्यहाँका वितरकले दिएको जानकारी अनुसार स्थानिय समय अनुसार मंगलबार साँझ सम्म चलचित्रको शो सार्वजनिक हुनेछ । अमेरिकामा पनि आधा दर्जन हलमा चलचित्र प्रदर्शन हुनेछ । यता अष्ट्रेलियामा बिभिन्न शोहरु शोल्डआउट भइसकेका छन् । केही समय अघि नै अष्ट्रेलियामा चलचित्रको अग्रिम बुकिङ खुलेका कारण धेरै शोहरु सोल्डआउट भएका हुन् ।

सम्भवत बिदेशी मल्टिप्लेक्सहरुमा यति धेरै शो पाएर एकसाथ प्रदर्शनमा आउन लागेको पहिलो नेपाली चलचित्र ‘प्रकाश’ नै हो । चलचित्रको विषयवस्तु र लुक्सका कारण बिदेशमा ‘प्रकाश’को चर्को डिमाण्ड छ ।

दिनेश राउत निर्देशित चलचित्रले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । मुख्य पात्रका माध्यमबाट बर्गिय विभेदको कुरा पनि उठाइएको छ ।
चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ । बिकास सुबेदीको लेखन रहेको चलचित्र यतिबेलाको बहुप्रतिक्षित चलचित्र हो ।

चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।