लघुबीमा कम्पनीको लाइसेन्स वितरणका लागि समितिले जारी गर्यो ३५ दिने सूचना

0
Shares

बीमा समितिले लघुबीमा कम्पनीको लाइसेन्स वितरण गर्ने भएको छ ।

समितले तीन जीवन तथा चार निर्जीवन गरी सात कम्पनीलाई नयाँ अनुमतिपत्र वितरण गर्नका लागि ३५ दिने सूचना जारी गरेको छ ।

बीमा समितिले सातै प्रदेशमा लघु बिमाका नाममा इजाजतपत्र वितरणका लागि शुक्रबार सार्वजनिक रुपमा सूचना जारी गरेको छ । सूचनामा हरेक प्रदेशमा बढीमा एउटा (जीवन वा निर्जीवन) लघु बिमा कम्पनी स्थापना हुने गरी आवेदन आह्वान गरिएको छ ।

नयाँ लघुबीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी ७५ करोड तोकिएको छ । प्रस्तावित नयाँ कम्पनीले गर्ने व्यवसाय लघुबिमा तर्फको जीवन बिमा वा निर्जीवन बिमा व्यवसाय मध्ये कुनै एक वा छुट्टा छुट्टै वा दुवै प्रस्ताव गर्न सकिने व्यवस्था सूचनामा छ ।

तर, प्रस्तावित संस्थापकहरुले एकै किसिमको व्यवसाय गर्ने बिमा कम्पनीमा प्रतिहिस्सेदारी (क्रसहोल्डिङ) हुने गरी लगानी गर्न नपाइने पनि सूचनामा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।