नेपालपे क्यूआर मार्फत मासिक साढे एक करोडको भुक्तानी कारोबार

0
Shares

गत असार तथा श्रावण महिनामा नेपालपे क्यूआर को प्रतिमहिना कारोबार लगभग १.५ करोड पुगेको छ ।

विभिन्न बैंक वित्तीय संस्थाहरु तथा भुक्तानी सेवा प्रदायकहरु मार्फत नेपालपे क्यूआरमा भुक्तानी प्राप्त गर्न विभिन्न मर्चेन्टहरुलाई आबद्ध गर्ने कार्यको पनि थालनी भइसकेको कम्पनीले जनाएको छ ।

हाल विभिन्न बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्गएप, वालेटको एपतथा कनेक्ट आइपीएस मोबाइल एप मार्फत नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने प्रावधान रहेको छ ।

उक्त सुविधा हाल एभरेस्ट, हिमालयन, माछापुच्छ्रे, मेगा, एनआइसीएसिया, सानिमा, सनराइज बैंक, कामना सेवा, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, सम्बृद्धि फाइनान्स तथा सेलपे गरी ११ वटा मोबाइल बैंकिङ्ग एप, एक वालेट तथा कनेक्ट आइपीएस मोबाइलएपमा उपलब्ध रहेको छ ।

त्यस्तै नेशनल पेमेन्ट स्वीच अन्तर्गत उक्त सेवा सुचारु गर्न ५२ बैंक वित्तीय संस्था र १३ भुक्तानी सेवा प्रदायकले सम्झौता पनि गरिसकेका छन् ।

साथै नेपालपे क्यूआरको पूर्वाधारमा विभिन्न बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकले आफ्नो विभिन्नव् यावसायिक संस्थाहरुलाई मर्चेन्टको रुपमा आबद्ध गरी क्यूआर मार्फत भुक्तानीप्राप्त गर्ने सेवाको पनि थालनी गरिसकेको छ ।

भौतिक रुपमा क्यूआर स्ट्यान्डी उपलब्ध गराई वा आफ्नो बिलिङ्ग सिस्टममा डाइनामिक क्यूआर इन्टिग्रेट गरी वा इ–कमर्श पोर्टलमा क्यूआर गेटवे जोडी अथवा एण्डरोइड पिओएसमा इन्टीग्रेट गरी उक्त भुक्तानी सेवा उपलब्ध गरिएको कम्पनीले जनाएको छ ।

व्यवसायिक संस्थाहरुले क्यूआर मार्फत भुक्तानी प्राप्त गर्न एभरेष्ट बैंक, हिमालयन बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक, सानिमा बैंक, स्टयाण्डर्ड चार्टर्ड बैंक, सनराइज बैंक, गरिमा बिकास बैंक, कामना सेवाबिकास बैंक, सेन्ट्रल फाइनान्स, गुडविल फाइनान्स, आइसिएफसि फाइनान्स, सम्बृद्धि फाइनान्स लगायत फोकसवान सोलुसन्स्लाई सम्पर्क गर्न सक्दछन् भने अन्य बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक पनि थपिने क्रममा रहेका छन् ।

नेपाल क्लियरिङ्ग हाउस लि.ले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायमगर्ने गरी नेपालपे क्यूआर सञ्चालनमा ल्याइएको हो। क्यूआर स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपालपे क्यूआर ले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ ।

नेपाल सरकारको राजस्व भुक्तानी समेत क्यूआर बाट गर्न मिल्ने गरी हाल उपलब्ध गराउँदै आएको पेमेन्ट गेटवेमा समेत नेपालपे क्यूआर थप गरिएको छ । जसअन्र्गत उक्त क्यूआर स्क्यान गरी मोबाइल बैंकिङ्ग, वालेट, कनेक्ट आइपिएस लगायतबाट सजिलै राजस्व भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।