
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले मार्जिन ट्रेडिङ कार्यान्वयनका लागि राष्ट्र बैंक तयार रहेको जानकारी दिएका छन ।
नेपाल आर्थिक पत्रकर समाज (सेजन) ले आयोजना गरेको ‘पुँजीबजारको विकास सम्बन्धी नीतिगत बहस कार्यक्रममा उनले मार्जिन ट्रेडिङ कार्यान्वयनका लागि राष्ट्र बैंकले गर्ने काम समयमा नै सम्पन्न गर्न तयार रहेको बताए ।
श्रेष्ठले केन्द्रीय बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमा ४/१२ करोडको नीति लिएको र अहिले ४ हटाएर १२ कायम राखेको भएपनि १२ पनि हटाउन खोजिरहेको जानकारी दिए । मार्जिन ट्रेडिङ कार्यान्वयनमा आएपछि नीति हठ्ने पनि उनले बताए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया