बैंक अफ काठमाण्डूको ऋणपत्र बाँडफाँड

0
Shares

बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले भदौ २ गतेदेखि भदौ ७ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको ऋणपत्र बाँडफाँड गरिएको हो ।

बैंकले उक्त अवधिभर रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरूलाई हिजो भदौ १४ गते, मंगलबार ऋणपत्र बाँडफाँड गरेको हो । बैंकले ७ वर्ष अवधि तथा वार्षिक १०.५० प्रतिशत ब्याजदर भएको ‘बिओके डिबेञ्चर २०८६ (क) नामक ऋणपत्र बाँडफाँड भएको छ ।

बैंकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा १ अर्ब १० करोड रूपैयाँ बराबरको ११ लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । जसमध्ये बैंकले सर्वसाधारणका लागि ४ लाख ४० हजार कित्ता (सामूहिक लगानी कोषका लागि छुट्याइएको ५ प्रतिशत अर्थात् २२ हजार कित्ता समेत) र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ६ लाख ६० हजार कित्ता बिक्री खुला गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।