धनुषाका तत्कालीन सीडीओ सहित १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) वसन्तराज गौतमसहित १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

गुठीको स्वामित्व रहेको जग्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरण एक करोड १४ लाख ६६ हजार ६६७ रुपैयाँ अनियमिता र भ्रष्टाचार गरेको आरोपमा आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले धनुषाका तत्कालीन सीडीओ तथा मुआब्जा निर्धारण समितिका अध्यक्ष वसन्तराज गौतम, गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डे, सहायक प्रशासक मनोजकुमार शर्मा र लेखा सहायक हरिचन्द्र भुसाललगायत १३ व्यक्तिविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरूले धनुषाको साविकको भरतपुर गाउँ विकास समितिमा नेपाली सेनाका लागि अधिग्रहण गरिएको गुठीको स्वामित्व रहेको जग्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरणमार्फत भ्रष्टाचार गरेको अख्तियारको ठम्याई छ ।

आयोगका अनुसार धनुषाको भरतपुर गाउँ विकास समिति अन्तर्गत नेपाली सेनाको लागि अधिग्रहण भएको गुठीको स्वामित्व रहेको जग्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरी अनियमिता/भ्रष्टाचार गरेको उजुरी परेको थियो ।

सोही निवेदनका आधारमा अनुसन्धान हुँदा उनीहरुले रकम हिनामिना गरी भ्रष्टाचार गरेको पुष्टि हुन आएको विभागले जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १५ भाद्र २०७९, बुधबार  १७ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।