सञ्चालनमा रहेका ३२ सामुहिक लगानी कोष योजनामध्ये भदौ १५ गते बुधबारसम्म ९ वटाले इकाईधनीलाई गत आव २०७८/७९ बाट प्रतिफल वितरण गर्ने प्रस्ताव गरेका छन् ।
हालसम्म एनएमबि क्यापिटलका २, सिद्धार्थ क्यापिटलका २, लक्ष्मी क्यापिटलका २, एनआईबिएल एस क्यापिटलका २ र सनराइज क्यापिटलको १ योजनाको प्रतिफल प्रस्ताव गरिएको हो ।
प्रस्तावित लाभांशमा एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित २ वटा योजनाले सबैभन्दा धेरै प्रतिफल प्रस्ताव गरेको छ । एनआईबिएल प्रगति फण्डको सबैभन्दा कम रहेको छ ।
तथ्याङ्क अनुसार एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको एमएमबि ५० र एनएमबि हाईब्रिड फण्ड एल-१ ले आर्थिक वर्ष २०७८/७९ को लागि इकाईधनीहरुलाई कर सहित समान २१.०५२६३ प्रतिशतका दरले प्रतिफल वितरण गरेको छ । जसका लागि कम्पनीले साउन ३१ गते बुकक्लोज गरिसकेको छ ।
सनराइज क्यापिटल योजना ब्यवस्थापक रहेको सनराइज फर्स्ट म्युचुअल फण्डले गत आवबाट इकाईधनीहरुलाई कर सहित १२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । सनराइज फर्स्टले भने बुकक्लोज गर्न बाँकी छ ।
यस्तै सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ का इकाईधनीहरुलाई कर सहित १० प्रतिशत र सिद्धार्थ इक्वीटी फण्डले कर सहित ९ प्रतिशत प्रतिफल वितरण गरेको छ । जसको बुकक्लोज भदौ ७ गते भैसकेको छ ।
लक्ष्मी क्यापिटल मार्केट योजना व्यवस्थापक रही लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नती कोष र लक्ष्मी इक्विटी फण्डले इकाईधनीहरुलाई कर सहित समान ५ प्रतिशत प्रतिफल वितरण गरेको छ । जसको बुकक्लोज भदौ ७ गते भैसकेको छ ।
एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित खुलामुखी योजना एनआईबिएल सहभागिता फण्डले इकाईधनीहरुलाई गत आवबाट कर सहित ७.२० प्रतिशत र एनआईबिएल प्रगति फण्डले कर सहित ४.२० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । प्रतिफल वितरणको लागि एनआईबिएल सहभागिता फण्डले भदौ ९ गते नै बुकक्लोज गरिसकेको छ । एनआईबिएल प्रगति फण्डले भने बुकक्लोज गर्न बाँकी छ ।
प्रतिफल प्रस्ताव गरेका ९ मध्ये ७ वटा बुकक्लोज भैसकेकाले ती फण्डको इकाई खरिद गर्नेले लाभांश पाउने छैनन् भने सनराइज फस्र्ट र एनआईबिएल प्रगति फण्डको इकाई खरिद गर्ने लगानीकर्ताले भने अझै पनि लाभांश पाउने अवस्था छ ।
यस्ताे छ लाभांश विवरणः-
| Sector-Mutual Fund | Stock Symbol | Cash | Total | Bookclose |
| NMB 50 | NMB50 | 21.05 | 21.05 | Shrawan 31, Tuesday |
| NMB Hybrid Fund L-1 | NMBHF1 | 21.05 | 21.05 | Shrawan 31, Tuesday |
| Sunrise First Mutual Fund | SFMF | 12.00 | 12.00 | |
| Siddhartha Investment Growth Scheme-2 | SIGS2 | 10.00 | 10.00 | Bhadra 7, Tuesday |
| Siddhartha Equity Fund | SEF | 9.00 | 9.00 | Bhadra 7, Tuesday |
| NIBL Sahabhagita Fund | NIBLSF | 7.20 | 7.20 | Bhadra 9, Thusday |
| Laxmi Equity Fund | LEMF | 5.00 | 5.00 | Bhadra 7, Tuesday |
| Laxmi Unnati Kosh | LUK | 5.00 | 5.00 | Bhadra 7, Tuesday |
| NIBL Pragati Fund | NIBLPF | 4.20 | 4.20 |
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया