नाडा ईभी एक्स्पो २०२२ को तयारी तीव्र, सहभागी हुने कम्पनीहरुको ‘लक्की ड्र’ सम्पन्न

0
Shares

नाडा ईभी एक्स्पो २०२२ को तयारी तीव्र गतिमा अगाडि बढिरहेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ।

आयोजकका अनुसार एक्स्पोमा चारपांग्रे, तीनपांग्रे दुईपांग्रे विद्युतीय सवारीसाधनहरुको उल्लेख्य सहभागिता रहनेछ।

यसैगरी सो प्रदर्शनीमा अटोकम्पोनेण्ट, टायर, ब्याट्री, ग्यारेज इक्विपमेन्ट्स, चार्जिङ्ग स्टेसनलगायत बैंक तथा इन्स्योरेन्स कम्पनीहरु समेत गरी कुल ४५ भन्दा बढी कम्पनीहरुको सहभागिता हुने भएको छ।

काठमाडौंको भृकुटीमण्डपमा आगामी असोज ६ देखि ९ गतेसम्म एक्स्पो आयोजना हुनेछ।

एक्स्पोमा सहभागी हुने कम्पनीहरुको लागि लक्की ड्र कार्यक्रम आज टेकुस्थित आफ्नै सचिवालयमा सम्पन्न गरेको नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले जानकारी दिए।

योसँगै कम्पनीहरुको स्टल टुंगो लागेको छ। उक्त लक्की ड्र कार्यक्रममा नाडाका अध्यक्ष ध्रुव थापा, कोषाध्यक्ष मिलनबाबु मल्ल, तथा केन्द्रीय कार्य समिति सदस्य प्रदिपमान प्रधान समेतको उपस्थिति रहेको थियो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।