श्रृजनशील लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

0
Shares

श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रराम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बिक्री बन्द हुने भएको छ ।

भदौ १५ गते बुधबारदेखि बिक्री खुला भएको उक्त आईपीओमा आवेदन दिने आज अन्तिम रहेको छ ।

लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने सेयर जारी गर्न लागेको हो । जसअनुसार प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्य भएका ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता निष्काशन तथा बिक्री खुला गरेको छ ।

कुल सेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि र निष्काशित सेयरको ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । सर्वसाधारण लगानीकर्ताले ३ लाख ६८ हजार ५९० कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओमा न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिने व्यवस्था भएपनि गोलाप्रथाबाट सेयर वितरण गर्नुपर्ने अवस्थाका कारण १० कित्ताका लागि आवेदन दिनु नै उपयुक्त हुने देखिन्छ ।

इच्छुक लगानीकर्ताले मेरो सेयर एप, वेबसाइट तथा नेपाल धितोपत्र बोर्डबाट सि–आस्वा सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आईपीओमा आवेदन दिन सक्नेछन् ।

लघुवित्तले आईपीओ निष्काशन प्रयोजनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तको सेयरलाई ‘केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग’ दिएको छ । यो रेटिङ्ग प्राप्त संस्थाहरुमा समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । चुक्ता पूँजी ७ करोड रुपैयाँ लघुवित्तको आईपीओ बाँडफाँडपछि १० करोड ९२ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ भाद्र २०७९, आइतबार  ०७ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।