सेञ्चुरीलाई प्रभु बैंकमा विलय हुन राष्ट्र बैंकको सैद्धान्तिक सहमति


विलय सम्झौता गरेका प्रभु र सेञ्चुरी कमर्शियल बैंकलाई नेपाल राष्ट्र बैंकले शैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आइतबार दुबै बैंकलाई सैद्धान्तिक सहमतिको पत्र दिइएको छ ।

मर्जर तथा प्राप्तिमा जाने संस्थालाई दिइने सहुलियत पुस समान्तसम्म दिने राष्ट्र बैंकको निर्णय अनुसार विलय पछि प्रभु बैंकले पनि त्यस्ता सहुलियत पाउनेछ ।

गत साउन १५ गते २ बैंककाबीचमा विलय सम्झौता भएको थियो ।

प्रभु र सेन्चुरी बैंक १ बराबर १ अनुपातमा मर्जरमा जाने

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।