निर्जीवन बीमा कम्पनीहरुले साउनमा संकलन गरे साढे ४ अर्ब बीमाशुल्क, RBCL पहिलो

0
Shares

मुलुकमा सञ्चालनमा रहेका १९ निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना अर्थात साउन महिनामा ४ अर्ब ४७ करोड ५४ लाख ८८ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

बीमा समितिका अनुसार साउनमा राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा धेरै कुल बीमाशुल्कको १८.८३ प्रतिशत हिस्सा बीमाशुल्क संकलन गरेको छ । सरकारी स्वामित्व रहेको उक्त कम्पनीले कुल ८४ करोड २८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । साउनमा कम्पनीले ३ हजार ११२ वटा बीमालेख जारी गरेर ३ खर्ब २ अर्ब ५३ करोड बीमाङ्क रकमको बीमा गरेको छ ।

दोस्रो ठूलो बीमाशुल्क संकलन गरेको शिखर इन्स्योरेन्सले साउनमा ३५ करोड ५२ लाख ४१ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा २० हजार ९१७ वटा बीमालेख जारी गरेर ८५ अर्ब ३६ करोड रुपैयाँ बीमाङ्कको बीमा गरेको छ ।

हिमालयन इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मिलेर बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले साउनमा ३३ करोड १९ लाख ८८ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा १८ हजार ७१३ वटा बीमालेख जारी गरेर ५२ अर्ब ९६ लाख रुपैयाँ रकमको बीमा गरेको छ । कम्पनीले साउन १ गतेदेखि एकीकृत कारोबार सुरु गरेको हो ।

चौथो ठूलो बीमाशुल्क उठाएको सगरमाथा इन्स्योरेन्सले साउनमा ३२ करोड ६२ लाख ४९ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा १८ हजार ६३५ वटा बीमालेख जारी गरेर १ खर्ब ३ अर्ब २४ करोड रुपैयाँ बीमाङ्कको बीमा गरेको छ । बीमा समितिको तथ्याङ्क अनुसार सिद्धार्थ इन्स्योरेन्सले पाँचौं ठूलो बीमाशुल्क संकलन गरेको छ । कम्पनीले कुल ३० करोड ६२ लाख १६ हजार रुपैयाँ कुल बीमाशुल्क उठाएको छ । साउनमा कम्पनीले १७ हजार ८८२ वटा बीमालेख जारी गरेर १ खर्ब २४ करोड ७४ लाख रुपैयाँ बीमाङ्क रकमको बीमा गरेको छ ।

निर्जीवन बीमक जारी बीमालेख संख्या कुल बीमाशुल्क (लाखमा) बीमाङ्क रकम (लाखमा)
राष्ट्रिय बीमा कम्पनी 3112 8428.34 3025311.64
शिखर इन्स्योरेन्स 20917 3552.41 853609.41
हिमालयन एभरेष्ट इन्स्योरेन्स 18713 3319.88 520096.12
सगरमाथा इन्स्योरेन्स 18635 3262.49 1032450.03
सिद्धार्थ इन्स्योरेन्स 17882 3062.16 1002474.22
नेको इन्स्योरेन्स 21899 2710.70 815848.38
एनएलजी इन्स्योरेन्स 15180 2304.20 446546.94
प्रिमियर इन्स्योरेन्स 12509 2125.07 551231.02
दि अरियन्टल इन्स्योरेन्स 3390 1958.99 718913.53
नेशनल इन्स्योरेन्स 2958 1748.42 562389.27
लुम्बिनी जनरल इन्स्योरेन्स 11430 1734.82 334647.31
नेपाल इन्स्योरेन्स 11767 1664.61 1498322.54
अजोड इन्स्योरेन्स 11853 1614.48 567107.19
आइएमई जनरल इन्स्योरेन्स 8633 1567.48 498773.42
प्रुडेन्सियल इन्स्योरेन्स 10676 1365.34 319454.48
जनरल इन्स्योरेन्स कम्पनी 5897 1225.08 323894.97
युनाइटेड इन्स्योरेन्स 8751 1040.76 325629.66
सानिमा जनरल इन्स्योरेन्स 6866 1035.04 234789.84
प्रभु इन्स्योरेन्स 10574 1034.61 259453.95
कुल 221642 44754.88 13890943.92

 

यसैगरी नेको इन्स्योरेन्सले साउनमा २७ करोड १० लाख ७० हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २३ करोड ४ लाख २० हजार रुपैयाँ र प्रिमियर इन्स्योरेन्सले २१ करोड २५ लाख ७ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेको इन्स्योरेन्सले साउनमा २१ हजार ८९९ वटा बीमालेख जारी गरेर ८१ अर्ब ५८ करोड ४८ लाख रुपैयाँ बराबरको, एनएलजी इन्स्योरेन्सले १५ हजार १८० वटा बीमालेख जारी गरेर ४४ अर्ब ६५ करोड ४६ लाख रुपैयाँ बराबरको र प्रिमियर इन्स्योरेन्सले १२ हजार ५०९ वटा बीमालेख जारी गरेर ५५ अर्ब १२ करोड ३१ लाख रुपैयाँ बीमाङ्क रकमको बीमा गरेको छ ।

बाँकी ११ निर्जीवन बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमाशुल्क संकलन रकम १० करोडदेखि २० करोड रुपैयाँको बीचमा रहेको छ । यस अवधिमा ओरिएण्टल इन्स्योरेन्सले १९ करोड ५८ लाख ९९ हजार रुपैयाँ, नेशनल इन्स्योरेन्सले १७ करोड ४८ लाख ४२ हजार, लुम्बिनी जनरल इन्स्योरेन्सले १७ करोड ३४ लाख ८२ हजार, नेपाल इन्स्योरेन्सले १६ करोड ६४ लाख ६१ हजार, अजोड इन्स्योरेन्स कम्पनीले १६ करोड १४ लाख ४८ हजार र आइएमई जनरल इन्स्योरेन्सले १५ करोड ६७ लाख ४८ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

साउन महिनामा ओरिएण्टल इन्स्योरेन्सले साउनमा ३ हजार ३९० वटा बीमालेख जारी गरेर ७१ अर्ब ८९ करोड १३ लाख रुपैयाँ बीमाङ्कको बीमा गर्दा क्रमशः नेशनल इन्स्योरेन्सले २ हजार ९५८ वटा बीमालेख जारी गरेर ५६ अर्ब २३ करोड ८९ लाख रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले ११ हजार ४३० वटा बीमालेख जारी गरेर ३३ अर्ब ४६ करोड ४७ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ११ हजार ७६७ वटा बीमालेख जारी गरेर ५६ अर्ब ७१ करोड ७ लाख रुपैयाँ, अजोड इन्स्योरेन्सले ११ हजार ८५३ वटा बीमालेख जारी गरेर ५६ अर्ब ७१ करोड ७ लाख रुपैयाँ र आइएमई जनरल इन्स्योरेन्सले साउनमा ८ हजार ६३३ वटा बीमालेख जारी गरेर ४९ अर्ब ८७ करोड ७३ लाख रुपैयाँ बीमाङ्क रकमको बीमा गरेको हो ।

त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्सले साउनमा १३ करोड ६५ लाख ३४ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गर्दा जनरल इन्स्योरेन्सले साउन १२ करोड २५ लाख ८ हजार, यूनाइटेड इन्स्योरेन्सले १० करोड ४० लाख ७६ हजार, सानिमा जनरल इन्स्योरेन्सले १० करोड ३५ लाख ४ हजार रुपैयाँ र प्रभु इन्स्योरेन्स कम्पनीले साउनमा १० करोड ३४ लाख ६१ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

प्रुडेन्सियल इन्स्योरेन्सले साउनमा १० हजार ६७६ वटा बीमालेख जारी गरेर ३१ अर्ब ९४ करोड ५४ लाख रुपैयाँ बीमाङ्कको बीमा गर्दा जनरल इन्स्योरेन्सले ५ हजार ८९७ वटा बीमालेख जारी गरेर ३२ अर्ब ३८ करोड ९५ लाख रुपैयाँ, यूनाइटेड इन्स्योरेन्सले ८ हजार ७५१ वटा बीमालेख जारी गरेर ३२ अर्ब ५६ करोड २९ लाख रुपैयाँ, सानिमा जनरल इन्स्योरेन्सले ६ हजार ८६६ वटा बीमालेख जारी गरेर २३ अर्ब ४७ करोड ८९ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्स कम्पनीले साउनमा १० हजार ५७४ वटा बीमालेख जारी गरेर २५ अर्ब ९४ करोड ५४ लाख रुपैयाँ बीमाङ्क रकमको बीमा गरेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।