एनआईबिएल एस क्यापिटललाई विशिष्टीकृत लगानी कोष सञ्चालन अनुमति


नेपाल धितोपत्र बोर्डले एनआईबिएल एस क्यापिटललाई विशिष्टीकृत लगानी कोष सञ्चालनका लागि अनुमति दिएको छ ।

नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको भदौ १९ गते कोष व्यवस्थापकको अनुमती पाएको हो । क्यापिटलले नेपालको पूँजी बजारमा विशिष्टीकृत लगानी कोष अन्र्तगत विभिन्न कोषहरु संचालन गर्ने उदेश्येका साथ धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको हो ।

विशिष्टीकृत लगानी कोष नियमावलीे, २०७५ एवं निर्देशिका तथा प्रचलित नियम कानुनको अधिनमा रहि कोष व्यवस्थापकले कोष दर्ताको प्रकृया अगाडि बढाउने र इकाई बिक्री मार्फत रकम संकलन गरी संकलित रकमलाई जोखिम न्यूनिकरणका उपायहरु अपनाई विभिन्न क्षेत्रका कम्पनीहरुका शेयर तथा अन्य वित्तीय उपकरणहरुमा लगानी गर्ने क्यापिटलले जनाएको छ ।

यसरी गरिएको लगानीबाट आर्जित मुनाफालाई इकाईधनीहरुलाई वार्षिक प्रतिफलको रुपमा वितरण गर्ने उदेश्य समेत क्यापिटलले राखेको छ । कोषले विभिन्न कम्पनीको शेयरमा लगानी गर्ने हँुदा, विषेशगरि साना तथा मझौला व्यवसायहरु तथा नवप्रवर्तनमा आधारित व्यवसायहरुलाई अत्यन्त लाभदायक हुने र समग्र नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा क्यापिटलको अपेक्षा छ ।

नवप्रवर्तनमा आधारित कम्पनी तथा व्यवसायीहरु नेपालको झन्झटिलो कर्जा प्रक्रिया, धितोको अपर्याप्तता तथा महंगो व्याज आदि कारणले गर्दा आफ्नो व्यवसाय विस्तार गर्न नसकेको अवस्थामा यस अनुमतिले नेपालमा लगानीको नँंया स्रोत स्थापित गरी उद्यमसिलताको प्रवद्र्धन हुने देखिन्छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।