मनकामना केबलकार २५ गते शनिबारदेखि पुनः सञ्चालनमा आउने


मनकामना केबलकार शनिबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।

केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको लागि साउन २३ गतेदेखि बन्द गरिएको थियो ।

कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको काम अघि बढाइरहेको र यस चरणमा स्टेशन का सम्पूर्ण कलपुर्जाहरु फेरिएको केबलकारले जनाएको छ । केबल कारको महत्वपुर्ण पार्ट्स गोंडोलाको सबै ग्रिपहरु फेरिएको कम्पनीले बताएको छ ।

गिएर बक्सको चेक तथा अलायन्मेट मिलाउने तथा ४ टावरहरुको पार्ट्स फेर्ने, हाइड्रोलिक्स सिस्टमको चेक जाँच तथा पार्ट्स फेर्ने र सम्पूर्ण टावरको निरीक्षण गरी पूर्ण रूपमा टेस्टिङ्ग र कमिशनिङ्ग गर्ने काम पनि सकिएको विज्ञप्तिमा उल्लेख छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।