सानिमा माई हाइड्रोपावरले लाभांश घोषणा गरेको छ ।
कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ५.२६३२ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले १६ करोड २५ लाख ९२ हजार १ सय ५८ रुपैयाँ बराबरको नगद बितरण गर्नेछ। कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
कम्पनीले कार्तिक २ गते साधारणसभा आह्वान गर्ने निर्णय गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज १२ गते बुक क्लोज गर्ने भएको छ । असोज ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया