नयाँ नेपाल लघुवित्तको खुद नाफा दोब्बर बढ्यो


नयाँ नेपाल लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४२ लाख ३५ हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले २१ लाख ९४ हजार रुपैंया खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २ करोड ४० लाख रुपैंयाबाट ६ करोडले बढेर ८ करोड ४० लाख रुपैंया पुगेको छ ।

त्यसै गरी लघुवित्तको जगेडा कोष समीक्षा अवधिमा १ करोड ९७ लाख रुपैंयाबाट बढेर ४ करोड ८३ लाख रुपैंया पुगेको छ ।

व्यवसायको आकार दोब्बर बढीले उकालो लागे पछि कमाई बढाएको लघुवित्तको प्रतिशेयर आम्दानी २० रुपैंया १६ पैसा छ । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ३६ रुपैंया ५६ पैसा थियो ।

लघुवित्तको प्रतिशेयर नेवटर्थ १५७ रुपैंया ५० पैसा छ भने मूल्य आम्दानी अनुपात ९९.०१ गूणाले बढी छ । आइतबार नेपाल स्टक एक्स्चेञ्जमा लघुवित्तको प्रतिकित्ता शेयर ४१४ रुपैंयामा किनबेच भएको छ ।