नयाँ आर्थिक वर्ष सुरु भएयता हालसम्म १६ कम्पनीले लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्ष तथा अघिल्ला आर्थिक वर्षहरुको समेत गरी सो संख्याका कम्पनीले लाभांश घोषणा गरेका हुन् ।
हालसम्म लाभांश प्रस्ताव गर्नेमा सबैभन्दा धेरै सामुहिक लगानी कोषका योजना रहेका छन् । कुल १६ कम्पनीको लाभांश प्रस्ताव भएकोमा १० वटा त म्युचुअल फण्डको इकाईको मात्र लाभांश घोषणा भएको छ ।
यस्तै तीन वटा जीवन बीमा कम्पनी, दुई क्यापिटल र एक हाइड्रोपावर कम्पनीले पनि लाभांश वितरणको प्रस्ताव गरेका छन् ।
गत आव २०७८/७९ बाट सानिमा माई हाइड्रोपावर कम्पनीले लाभांश प्रस्ताव गरेको छ । साे कम्पनी इक्वीटीमा सबैभन्दा पहिलो लाभांश प्रस्ताव गर्ने कम्पनी हो । कम्पनीले कर सहित कुल ५.२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
यस्तै १० म्युचुअल फण्डका इकाईले लाभांश प्रस्ताव गरिसकेका छन् । एनएमबि क्यापिटलको योजना व्यवस्थापनमा सञ्चालित दुबै फण्डले गत आवबाट २१.०५ प्रतिशतका दरले प्रतिफल (नगद लाभांश) वितरणको प्रस्ताव गरेका छन् । सबैभन्दा कम एनआईबिएल प्रगति फण्डले चुक्ता पुँजीको ४.२० प्रतिशत प्रतिफल वितरण गरेको छ ।
लाभांश प्रस्ताव गरेका दुई क्यापिटलमा एनआईसी एशिया बैंकको पूर्ण स्वामित्व रहेको एनआईसी एशिया क्यापिटलले सर्वाधिक चुक्ता पुँजीको ५५ प्रतिशत नगद लाभांश वितरण गरेको छ भने कुमारी बैंकको पूर्ण स्वामित्व रहेको कुमारी क्यापिटलले चुक्ता पुँजीको ५ प्रतिशत मात्र वितरण गरेको छ ।
यस्तै जीवन बीमातर्फ गुराँस लाइफले आव २०७६/७७ बाट चुक्ता पुँजीको ७.४४ प्रतिशत बोनस सेयर र ०.३९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७७/७८ बाट चुक्ता पुँजीको १४.५० प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । मंगलबार मात्रै नेशनल लाइफले पनि आर्थिक वर्ष २०७७।७८ बाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
लाभांश प्रस्ताव गरेमध्ये सनराइज फस्ट म्युचुअल फण्ड, एनआईबिएल प्रगति फण्डको लाभांश पाउन भदौ २८ गतेसम्म इकाईधनी हुनुपर्छ भने एशियन लाइफ इन्स्योरेन्सको लाभांश पाउन असोज १२ गतेसम्म तथा सानिमा माई हाइड्रोपावरको लाभांश कार्तिक १ गतेसम्म कायम रहने लगानीकर्ताले मात्र पाउनेछन् ।
यस्तै गुरास लाइफ तथा मंगलबार लाभांश प्रस्ताव भएका एशियन लाइफ र सानिमा इक्वीटी फण्डको बुकक्लाज नतोकिएकाले बुकक्लोजको अघिल्लो दिनसम्म धितोपत्र खरिद गर्ने लगानीकर्ताले उक्त लाभांश पाउनेछन् । बाँकी कम्पनीहरूकाे बुकक्लाेज भैसकेकाले धिताेपत्र खरिद गरेपनि लाभांशकाे हकदार भने हुन पाउने छैनन् ।
यस्ताे छ घाेषित लाभांश:-
| S.N. | Symbol | Company | Bonus Dividend(%) | Cash Dividend(%) | Total Dividend(%) |
| 1 | NICACL | NIC Asia Capital Limited | 0.00 | 55.00 | 55.00 |
| 2 | SAEF | Sanima Equity Fund | 0.00 | 22.00 | 22.00 |
| 3 | NMBHF1 | NMB Hybrid Fund L- 1 | 0.00 | 21.05 | 21.05 |
| 4 | NMB50 | NMB 50 | 0.00 | 21.05 | 21.05 |
| 5 | NLICL | National Life Insurance | 15.00 | 0.79 | 15.79 |
| 6 | ALICL | Asian Life Insurance Company Limited | 14.50 | 0.76 | 15.26 |
| 7 | SFMF | Sunrise First Mutual Fund | 0.00 | 12.00 | 12.00 |
| 8 | SIGS2 | Siddhartha Investment Growth Scheme-2 | 0.00 | 10.00 | 10.00 |
| 9 | SEF | Siddhartha Equity Fund | 0.00 | 9.00 | 9.00 |
| 10 | GLICL | Gurans Life Insurance Company | 7.44 | 0.39 | 7.83 |
| 11 | NIBLSF | NIBL Sahabhagita Fund | 0.00 | 7.20 | 7.20 |
| 12 | SHPC | Sanima Mai Hydropower Limited | 0.00 | 5.26 | 5.26 |
| 13 | LUK | Laxmi Unnati Kosh | 0.00 | 5.00 | 5.00 |
| 14 | LEMF | Laxmi Equity Fund | 0.00 | 5.00 | 5.00 |
| 15 | KCL | Kumari Capital Limited | 0.00 | 5.00 | 5.00 |
| 16 | NIBLPF | NIBL Pragati Fund | 0.00 | 4.20 | 4.20 |
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया