सानिमा बैंक मार्फत शेयर ब्रोकरलाई अनलाइन भुक्तानी


सानिमा बैंक नेपाल क्लियरिङ्ग हाउसले सञ्चालनमा ल्याएको कनेक्ट आईपिएस इ पेमेन्ट प्रणालीमा आबद्ध भएको छ ।

सानिमा बैंकका ग्राहकहरुले यस प्रणालीको डब्लुडब्लुडब्लु डट कनेक्टआईपिएस डट कम वा एन्ड्रोइड तथा आईओएसमा उपलब्ध मोबाईल एप्सबाट अनलाईन कारोबार गर्न सक्नछन् ।

यस प्रणाली मार्फत सानिमा बैंकका ग्राहकहरुले शेयर ब्रोकरलाई शेयर कारोबारको भुक्तानीे गर्न सक्नुका साथै नेपाल सरकारको राजस्व, लोकसेवा आयोगको, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिल भुक्तानी र मोबाईल वालेटमा फण्ड लोड लगायतमा अन्य विभिन्न सेवा प्रदायकहरुलाई भुक्तानी गर्न सकिने व्यवस्था छ ।

कनेक्ट आईपिएसमा अनलाईन मार्फत प्रतिकारोबार एक लाख रुपैयाँसम्म र मोबाईल एप्स मार्फत प्रति कारोबार ५ हजार सम्मको भुक्तानी कारोबार गर्न सक्ने व्यवस्था रहेको छ । बैंकका ग्राहकहरुले एक दिनमा दश वटा कारोबार गर्न सकिनेछ भने मासिक एक खाताबाट १० लाख रुपैयाँसम्मको कारोबार यसबाट गर्न सक्नेछन्।

यस प्रणालीमा बैंककाग्राहकले आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिङ्क गराई यसमा उपलब्ध हुने सेवाहरु प्राप्त गर्नसक्ने व्यवस्था रहेको छ ।

उक्त प्रणाली सेवा प्रदायकहरुको पोर्टलमा पेमेन्ट प्रोसेसरको (गेटवे) रुपमा समेत जडान गरीएको छ र सेवाप्रदायकको ग्राहकहरुले कनेक्ट आईपिएस छनौठ गरीसमेत भुक्तानी गर्न सक्ने व्यवस्था रहेको छ।

कनेक्ट आईपिएस इ पेमेन्ट प्रणालीमा हाल सम्म ५५ बैंक तथावित्तीय संस्थाहरुले सम्झौता गरी सकेकोमा हाल सम्म ४६ वटा बैंक तथा वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेका छन् । नेपाल क्लियरिङ्ग हाउस नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित संस्था हो ।