नेपाल राष्ट्र बैंकले सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीडीबीसी)संग सम्बन्धित डाटा संरक्षण गर्नका लागि नयाँ ऐनको आवश्यकता औंल्याएको छ । केन्द्रीय बैंकले सीडीबीसीका लागि गरेको प्रारम्भिक अध्ययनले नै राष्ट्र बैंकको क्षमता तथा पुर्वाधार विस्तार गर्नुपर्ने निस्कर्ष निकालेको हो ।
प्रविधिमा आएको तिब्र विकासले सेन्ट्रल बैंकहरुको प्रत्याभुति नगरेका डिजिटल करेन्सीको प्रचलन बढेपछि विश्वका अधिकासं केन्द्रिय बैंकहरुले सीडीबीसीमा काम गर्न थालेको हुन । हालसम्म विश्वका ११ देशका केन्द्रिय बैंकले सीडीबीसी प्रचलनमा नै ल्याइसकेको अवस्था छ । सोही क्रममा राष्ट्र बैंकले पनि डिजिटल करेन्सीको सुरुवात गर्ने सन्दर्भमा अवधारणा प्रतिवेदन नै तयार गरेको हो । 
राष्ट्र बैंकको स्तरोन्नती, ऐन नियममा सुधार, सीडीबीसीको कार्यान्वयनमा संलग्न पक्षहरुलाई नियमन तथा सुपरिवेक्षण गर्न बलियो संयन्त्रण तयार गर्न आवश्यक रहेको अवधारण पत्रको ठहर छ ।
त्यसैगरी प्राविधिक पुर्वाधारको विकास तथा सर्वसाधारणले सहजै स्वीकार गर्ने खालको हुनुपर्छ । तर, नेपालको सन्दर्भका सीडीबीसीको प्रयोगको विषयलाई आम सर्वसाधारणसम्म पु¥याउन पनि चुनौति पुर्ण रहेको राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रीय बैंकले भुक्तानीको पहुँचमा सुधार, वित्तीय समावेशिताको प्रवद्र्धन, भुक्तानी प्रणालीको लचकता बढाउन तथा सेन्ट्रल बैंकको मौद्रिक स्वयत्तताको संरक्षण गर्ने लक्ष्य सहित सीइडीबीसीको नीति लिएको जनाएको छ ।
त्यसैगरी उक्त नीतिका लक्ष्यहरुमा मुद्रा व्यवस्थापनको खर्च न्यूनीकरण, क्रस बोर्डर भुक्तानीको प्रभावकारिता बढाउन, वित्तीय पारदर्शिताको प्रबद्र्धन, वित्तीय स्थायित्व प्रबद्र्धन तथा सरकारको कल्याणकारी वितरणमा सहयोग पु¥याउने लगायत रहेका छन । तर, सीडीबीसी योजना सफल बनाउन कानुनी तथा नियामकीय संरचनामा सुधार गर्न जरुरी रहेको समेत केन्द्रीय बैंकको ठहर छ ।
त्यसैगरी केन्द्रीय बैंकको क्षमता विकास र पुनसंरचना, जनचेतना विस्तार तथा पुर्वाधारको विकास पनि उत्तिकै आवश्यक रहेको अध्ययनले औंल्याएको छ । नगदलाई डिजिटलमा परिर्वतन गर्ने क्रममा वित्तीय मध्यस्तता तथा समावेशीता समस्या आउन सक्ने जस्ता चुनौतिहरु देखिन सक्ने केन्द्रीय बैंकले जनाएको छ ।
त्यतीमात्र नभई तथ्याङकहरुको दुरुपयोग हुने, प्रणालीको सञ्चालन मै असफल, अनुचित प्रविधिको प्रयोग, मुद्राको अंकित मूल्य भन्दा उत्पादन खर्च धेरै लागेर सेन्ट्रल बैंकलाई नोक्सान हुने तथा संख्यात्मक गतिविधमा कमी आउने लगायतका चुनौतिहरु हुन सक्न राष्ट्र बैंकले देखाएको छ । त्यसका कारण सीडीबीसीको विकास तथा प्रयोग गर्नु भन्दा अघि बैंक अफ इन्टरनेशनल सेटलमेन्ट(बीआईएस)ले दिएका सुझावहरुको अनुसरण गर्नु उपयुक्त हुने देखिन्छ । बीआइएसले सीडीबीसीको डिजाइनीङ गर्दा केन्द्रीय बैंकहरुका अन्य नीतिलाई असर नगर्ने, मुद्राका अन्य मान्यतालाई प्रतिस्थापन नगर्ने र समग्र भुक्तानी प्रणालीको नवीनता र प्रभावकारीतालाई प्रबद्र्धन गर्ने सन्दर्भमा विशेष अनुसरण गर्न सुझाएको छ । त्यसका साथै बीआइएसले थप १४ बटा महत्वुर्ण पक्षहरुको ध्यान दिन समेत सुझाएको छ ।
सीडीबीसीको विकास विशेष गरी खुद्रा तथा थोकमा प्रयोग गर्ने गरी विकास गर्न सकिन्छ । यसमा पनि यारेक्ट, हाइब्रिड, इन्टरमिडियटेड, र इन्डाइरेक्ट गरी ४ प्रकारका डिजाइन गर्न सकिन्छ । त्यसैगरी सेन्ट्रलाइज्ड, सेमी सेन्ट्रलाइज्ड र डिसेन्ट्रलाइज्ड गरेर तीन प्रकारका लेजर डिजाइन हुने राष्ट्र बैंकले जनाएको छ । त्यसको पहुँच पनि अकाउन्ट र टोकन गरी दुई रुपमा प्रदान हुनेछ । त्यसैगरी सीडीबीसी सात दिन २४ घण्टा नै प्रयोग गर्न सकिने समेत केन्द्रीय बैंकले जनाएको छ ।
एटलान्टीक काउन्सीकाका अनुसार हालसम्म ११ देशका केन्द्रीय बैंकले सीबीडीसी प्रयोगमा ल्याइसकेका छन । यी मध्ये अधिकासंसले रिटेल प्रयोगका लागि सीबीडीसी प्रयोग गरेका छन भने डामिनिका र मोन्टसेराटले भने थोक सीबीडीसी समेत प्रचलनमा ल्याएका हुन । तर, यी ११ वटै देशले विकास गरेका सीडीबीसीको प्रयोग इन्टरमेडियटेड आर्किटेक्चर डिजाइन प्रयोग गरेका छन । यी मध्ये १० देशले डिष्ट्रिब्यूटेबल लेजर टेक्नोलोजीको प्रयोग गरेका छन भने एउटाले कन्भेन्सनल लेजर टेक्नोलोजि प्रयोग गरेको छ । यसमा केही देशले अकाउन्टमा आधारित सीबीडीसी विकास गरेका छन भने केहीले टोकनमा आधारीत डिजिटल करेन्सी प्रयोगमा ल्याएका छन ।
केन्द्रीय बैंकका अनुसार नेपालको सन्दर्भमा पनि मुद्रा छपाइको लागत घटाउन तथा भुक्तानीको पहुँच बढाउनका लागि पनि सीबीडीसीको सुरुवात गर्नुपर्ने भएकाले पनि यस्तो नीति लिन इच्छाइएको जनाएको छ । राष्ट्र बैंकले नेपालको सन्दर्भमा ल्याउने सीबीडीसी रिटेल, इन्टरमिडियटेड, सेमी सेन्ट्रलाइज्ड लेजर बेस्ड हुनुपर्ने ठहर गरेको छ । तर, यस्तो डिजिटल करेन्सीको प्रयोग अकाउन्ट र टोकन दुबै माध्यमबाट प्रयोग गर्न सकिने हुनेपर्ने केन्द्रीय बैंकको अवधारण पत्रले औंल्याएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया