स्नो रिभर्सको आईपीओ नेप्सेमा सूचीकृत


काठमाडौँ । स्नो रिभर्स लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ९३ लाख ७५ हजार कित्ता सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारणमा वितरण गरेको १८ लाख ७५ हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ७५ लाख कित्ता सेयर गरी कुल ९३ लाख ७५ हजार कित्ता नेप्सेमा सूचीकृत भएको हो ।

अब कम्पनीको सेयर भोली शुक्रबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ । पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको सेयर टिकरमा कारोबार हुनेछ ।

प्रकाशित मिति: ११ असार २०८३, बिहिबार  १२ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।