प्राइम कमर्सियल बैंकको नाफा दोहोरो अंककाे प्रतिशतमा घट्यो

0
Shares

प्राइम कमर्सियल बैंक लिमिटेड (PCBL) काे खुद नाफा १०.६१ प्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकले ८७ करोड ४१ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ९७ करोड ७९ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

असोज मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा भने ३२ करोड ४८ लाख रुपैयाँबाट बढेर २ अर्ब ७ करोड ३६ लाख रुपैयाँ पुगेको छ ।
चुक्ता पुँजी १८ अर्ब ६५ करोड रुपैयाँ रहेको बैंकको बैंकको वार्षिक प्रतिसेयर आम्दानी २४.३२ बाट घटेर १८.७४ रुपैयाँमा झरेको छ । यस्तै जगेडा कोष ६ अर्ब ५० करोड रुपैयाँबाट १८.५२ प्रतिशतले बढेर ७ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५२.४५ रुपैयाँ र पीई रेसयो ११.८२ गुणा छ ।

पहिलो त्रैमासमा बैंकले १ खर्ब ५८ अर्ब ९८ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४८ अर्ब २८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको अन्तिमसम्म बैंकले १ खर्ब ६० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो ।

समीक्षा अवधिमा बैंकले १ अर्ब ८८ करोड ५३ लाख रुपैयाँ खुद ब्याज आम्दानी तथा १ अर्ब २५ करोड २३ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ४० करोड १८ लाख रुपैयाँ खुद ब्याज आम्दानी तथा सञ्चालन मुनाफा १ अर्ब ४० करोड ९० लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा खुद ब्याज आम्दानी ३४.४८ प्रतिशतले वृद्धि गरेको बैंकको सञ्चालन मुनाफा ११.१२ प्रतिशतले घटेको हो ।

वित्तीय विवरण अनुसार बैंकको खराब कर्जाको अनुपात ०.६२ बाट बढेर १.८० प्रतिशत पुगेको छ । बैंकको कस्ट अफ फण्ड ८.९० प्रतिशत, आधारदर १०.९१ प्रतिशत, सीडी रेसियो ८८.४७ प्रतिशत, स्प्रेडदर ४.३१ प्रतिशत छ । बैंकको प्रतिसेयर कुल सम्पत्ति मूल्य ११०९ रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।