कर्पोरेट डेभलपमेन्ट बैंकले बढायो नाफा

0
Shares

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको खुद नाफा गत आवको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म करिब ६४२.२५ प्रतिशतले बढेको छ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८५ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ११ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार असारको तुलनामा असोजमा चुक्ता पूँजी स्थीर, जगेडा कोष ४.४९ प्रतिशत, निक्षेप ३६.५६ प्रतिशत र कर्जा ०.८१ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १४२.६९ प्रतिशत बढ्दा इम्पेरमेन्ट चार्ज रिभर्स हुँदा सञ्चालन मुनाफा ६४२.२४ प्रतिशत बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको चुक्ता पुँजी ५० करोड, जगेडा कोष २२ करोड ३१ लाख, निक्षेप संकलन १ अर्ब ७ करोड ३८ लाख रुपैयाँ, कर्जा लगानी ९४ अर्ब ४९ करोड ५९ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको ७ लाख ३१ हजार रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएको छ । यसले बैंकको सञ्चालन मुनाफासँगै खुद नाफामा पनि उच्च सुधार भएको हो ।

खुद ब्याज आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण बैंकको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो ।

असोज मसान्तसम्ममा बैंकको नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी ५.७३ रुपैयाँ बढेर ६.८६ रुपैयाँ पुगेको छ । यस्तै प्रतिसेयर नेटवर्थ ३४९.४७ रुपैयाँ, कष्ट अफ फण्ड ९.२३ प्रतिशत, खराब कर्जा ४.६९ प्रतिशत, मुल्य आम्दानी अनुपात १५१.०५ गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।