अन्तर्राष्ट्रिय समुदाय सकारात्मक रहेकाले आगामी दिनमा नेपाली अर्थतन्त्रलाई फाइदा हुन्छ: आइएमएफ

0
Shares

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) नेपाल प्रतिनिधि टेरेसा डबान सांचेजले नेपालप्रति अन्तर्राष्ट्रिय समुदाय निकै सकारात्मक रहेको भन्दै आगामी दिनमा त्यसले नेपाललाई फाइदा गर्ने बताएकी छन् ।

बिहीबार नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालसंगको छलफलमा सांचेजले नेपालको सकारात्मक अन्तराष्ट्रिय सम्बन्धले अर्थतन्त्र सुधारका क्रममा फाइदा हुने बताएकी हुन ।

परिसंघ सचिवालयमा भएको भेटवार्तामा मुलुकको पछिल्लो अर्थतन्त्र, उद्योगी व्यवसायीहरुले भोगेको समस्या, अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने कदमलगायतका विषयमा छलफल भएको थियो ।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले लगानी योग्य रकमको अभाव, उच्च ब्याजदर, कम पूँजीगत खर्च, नेपाल राष्ट्र बैंकले हालै लागू गरेको चालु पूँजी कर्जा निर्देशिकालगायतका कारण उद्योगी व्यवसायीको आत्मविश्वासमा निकै कमजोर भएको बताएका थिए ।

उनले मागमा आएको संकुचनका कारण उद्योगको प्रकृतिका आधारमा ३० देखि ७० प्रतिशतसम्म उत्पादन र मागमा गिरावट आएको बताए । अर्थतन्त्रको मेरुदण्ड निजी क्षेत्रको आत्मबल बढाउने खालको नीतिगत व्यवस्था हुनुपर्नेमा उनले जोड दिए । एकै पटक सबै सुधारका उपकरणहरु लागू गर्दा अर्थतन्त्रमा थप समस्या बढ्न सक्नेतर्फ सचेत हुनुपर्ने धारणाले उनले राखेका थिए ।

आईएमएफ नेपाल प्रतिनिधि सांचेजले कोभिड १९ को असरबाट विस्तारै बाहिर आउने क्रममै रसिया युक्रेन युद्धले विश्व अर्थतन्त्रलाई नै समस्यामा पारेको बताइन । विभिन्न चुनौती रहेपनि एसियाको अर्थतन्त्र तुलनात्मक रुपमा राम्रो रहेको ,समेत उनको भनाइ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: १७ कार्तिक २०७९, बिहिबार  १७ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।