“सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड” कायम गर्ने प्रस्ताव पारित

0
Shares

सूर्या लाइफ इन्स्योरेन्सको सोमबार सम्पन्न भएको १४ औं वार्षिक साधारण सभाले “सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड” कायम गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीसँग मर्जर प्रकृयामा रहेको उक्त कम्पनीले एक आपसमा गाभ्ने, गाभिनेसम्बन्धी प्रस्ताव पारित गर्नुका साथै गाभिए पश्चात् बन्ने जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम “सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड” राख्ने प्रस्ताव पारित गरेको हो ।

दुई कम्पनी १ बराबर ०.८२४५ को अनुपातको रेसियोमा मर्जर हुनेछन् ।र्जरपछि बन्ने कम्पनीको सञ्चालक समितिको अध्यक्ष केशब प्रसाद भट्टराई हुनेछन् । प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने ज्योति लाइफका प्रकाश बिक्रम खत्री हुने सहमति भइसकेको छ भने सूर्याका सीईओ पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत हुने कम्पनीले जनाएको छ ।

सोमबार कम्पनीको रजिस्टर्ड कार्यालय विराटनगरमा सम्पन्न सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणहरुका साथै लेखापरीक्षक नियुक्ति सम्बन्धी प्रस्तावहरु पारित गरेको छ ।

यस्तै साधारण सभाबाट आर्थिक वर्ष २०७७/७८ मा संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत गरेको आर्थिक सहायता रकम १० लाख ४४ हजार ४९९ को कम्पनी ऐनमा भएको व्यवस्था बमोजिम अनुमोदन भएको छ ।

कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न साधारणसभामा कम्पनीका संचालक, शेयरधनी, प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ सहायक महाप्रबन्धक, व्यवस्थापनका पदाधिकारी लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।