चौध अंकले घटेको बजारमा प्रभु बैंकको उच्च कारोबार

0
Shares

यस साता कारोबारमा आएका १८१ कम्पनीहरुमध्ये प्रभु बैंकको सबैभन्दा उच्च १४ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। गत आवको मुनाफाबाट १६ बोनस घोषणा गरेको बैंकले कार्तिक २६ गते मंगलबार बुकक्लोज गर्दैछ। सोही कारण बैंकको कारोबार उच्च भएको हो।

यस्तै एनएमबि बैंकको दोस्रो ठूलो कारोबार भएको छ । ओमको १४ महिना र एनएमबि बैंकको साढे ५ महिना पश्चात शेयर कारोबार खुला भएकाले पनि बिहीबार एकैदिन सो दिनको कूल कारोबारको ३० प्रतिशत भन्दा धेरै कारोबार एनएमबि बैंकको भएको हो। एक दिन बिहीबारमात्र शेयर कारोबार भएको एनएमबि बैंकको एकैदिन ११ करोड २६ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको हो।

यस्तै नविल बैंक ६ करोड ६५ लाख, प्रभु बैंकको संस्थापक ५ करोड ७३ लाख, नेपाल बैंकको ५ करोड १८ लाख, , साल्ट ट्रेडिङ्ग कर्पोरेसन २ करोड ८९ लाख, चिलिमे हाइड्रोपावरको २ करोड ८७ लाख, एभरेष्ट बैंक २ करोड ७७ लाख, कृषि विकास बैंक २ करोड ७४ लाख र एनआइसी एशिया बैंकको २ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

यस साता कारोबार शेयर कारोबार कित्ताका आधारमा प्रभु बैंक नै अग्र स्थानमा देखिएको छ । बैंकको ५ लाख ५३ हजार कित्ता कारोबार भएको छ।  कारोबार संख्याको आधारमा रसुवागढी हाइड्रोपावरको धेरै पटक शेयर खरीद बिक्री भएको छ । रसुवागढी हाइड्रोपावरको एक हजार ४९९ वटा संख्यामा कारोबार भएको छ।

यस साता १८१ कम्पनीको ४६ लाख ५० हजार कित्ता शेयर १ अर्ब २३ करोड रुपैयाँमा खरीद बिक्री भएका छन्। चार कारोबार दिन घटेको नेप्से एक दिन मात्र सकारात्मक रह्यो। नेप्से परिसूचक १४.२० अंकले घटेर ११३१.९७ बिन्दुमा बन्द भएको छ।

यस साता शेयर लगानीकर्ताले बजारबाट १९ अर्ब २० करोड रुपैयाँ गुमाएका छन्। गत साता १४ खर्ब ५६ अर्ब ५० करोड बजार पूँजीकरण रहेकोमा १९ अर्ब २० करोड रुपैयाँले क्षति भई १४ खर्ब ३७ अर्ब २९ करोड रुपैयाँमा सीमित भएको हो।