गौरीशङ्कर सिमेन्ट उद्योगले क्लिङ्कर प्लान्ट निर्माणका लागि साढे ६ अर्ब बढी रकम बैंकिङ कर्जा लिने भएको छ ।
गरिमा सिमेन्ट, महाशक्ति सिमेन्ट, एम जेपी लगायतका सिमेन्टको भगिनी संस्था गौरीशङ्कर सिमेन्टले क्लिङ्कर प्लान्ट निर्माणका लागि ६ अर्ब ७३ करोड २७ लाख ७० हजार बराबरको बैंकिङ कर्जा लिनका लागि रेटिङ गराएको हो ।
कुल ८ अर्ब ९७ लाख ७० हजारमा लगानीमा निर्माण हुन लागेको उक्त प्लान्ट मूलतः कर्जामा आधारित रहेको छ । बैंकिङ कर्जाका लागि रेटिङ एजेन्सी इन्फोमेरिक्स रेटिङ नेपालले उक्त कर्जाका लागि डबल बी माइन्स रेटिङ दिएको छ।
गौरीशङ्कर सिमेन्टका अन्य भगिनी संस्था–गरिमा सिमेन्ट, महालक्ष्मी सिमेन्ट र एम जेपी सिमेन्टको क्रमश एक हजार मेट्रिक टन, ४ सय मेट्रिक टन र १ हजार मेट्रिक टन गरी प्रतिदिन २४०० मेट्रिक टन उत्पादन क्षमता रहेको छ । भगिनी संस्थाहरुले जनतामाझ राम्रो छबी बनाउनु, अनुभवी प्रमोटर तथा व्यवस्थापन समूह रहनु गौरीशङ्कर सिमेन्टका सबल पक्षहरु रहेका छन् ।

तर करिब ९ अर्बको लगानीमा निर्माण हुन लागेको क्लिङ्कर युनिट कर्जामा आधारित रहेका कारण बढ्दो तरलता अभावले परियोजनालाई धक्का पुग्ने देखिन्छ ।
बजारमा क्लिङ्कर उत्पादक कम्पनीहरुको सङ्ख्या बाक्लो रहेको छ । जसकारण बजारमा प्रतिस्पर्धात्मक रुपमा गौरीशङ्कर सिमेन्ट सुरुवात देखि नै उभिनुपर्नेछ।
नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदर वृद्धि गरेसँगै कर्जामा निर्भर रहेको यस परियोजना सञ्चालनमा आउने या नआउने भन्नेमा नै प्रश्न उठेको छ ।
कपिलवस्तुमा निर्माण हुन लागेको यस परियोजनाका प्रमुख शिरोमणि ढकाल रहेका छन् । गौरीशङ्कर सिमेन्टका तीन संस्थागत र एक व्यक्तिगत प्रमोटर रहेका छन्।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया