महालक्ष्मी विकास बैंकका खातावालाले विभिन्न संस्थाका सेवामा छुट पाउने


महालक्ष्मी विकास बैंकले रेष्टुरेन्ट, आयुर्वेद, श्रृगार, स्वास्थ्य लगायतका क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ काठमाडौंका विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग छुट सम्झौता गरेको छ ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले ती संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरुले द हिमालयन ग्रील बाइ बाजेको सबै सेवामा १५ प्रतिशत, कुण्डलिनी आयुवेदका सेवामा २० प्रतिशत, सुबाकी व्यूटी सैलुन एण्ड इन्टरप्राइजेजका सेवामा १० प्रतिशत, अपुलेन्स एसथेटिक्समा १० प्रतिशत र त्रिष्टल डाइनोस्टिकका सेवामा बढीमा २५ प्रतिशतसम्म छुट पाउने विज्ञप्तिमा उल्लेख छ ।

यस किसिमको सहकार्यबाट बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।