एघार वटा मुलुकबाट व्यवसाय भित्रायो नेपाल पुनर्बीमा कम्पनीले

0
Shares

नेपाल पुनर्बीमा कम्पनीले विश्वका विभिन्न ११ वटा मुलुकबाट व्यवसाय भित्राएको छ ।

कम्पनीले गत आर्थिक वर्षमा २०७७/७८ मा भुटान, भारत, केन्या, कुवेत, मलेशिया, मालदिभ्स, पपुवा न्यू गिनिया, फिलिपिन्स, टोगो, भियतनाम र नेपाली बीमा कम्पनी मार्फत पुनर्बीमा व्यवसाय गरेको छ ।

पुनर्बीमा कम्पनीले आर्थिक वर्षमा २०७७/७८ मा विदेशबाट कुल १० अर्ब ४५ करोड ८३ लाख ६७ हजार रुपैयाँ बराबरको पुनर्बीमा व्यवसाय भित्र्याएको छ । नेपाल पुनर्बीमा कम्पनीले बीमा कम्पनी मार्फत प्रत्यक्ष र पुनर्बीमा ब्रोकर मार्फत पनि पुनर्बीमा गर्दै आएको छ ।

त्यस्तै, नेपाल पुनर्बीमा कम्पनी मार्फत विगत ७ वर्षको अवधिमा ६ अर्ब ३० करोड रुपैयाँ बाहिरिएको छ । रेट्रोशेसन बापत सो रकम विदेशिएको हो ।

कम्पनीको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा एक अर्ब १६ करोड रुपैयाँ बाहिरिएको छ । आव २०७६/७७ मा एक अर्ब ९ करोड रुपैयाँ बाहिरिएको थियो । त्यस्तै, आव २०७५/७६ मा ९६ करोड तीन लाख, आव २०७४/७५ मा ९१ करोड ९ लाख, आव २०७३/७४ मा ५८ करोड ९३ लाख, आव २०७२/७३ मा एक अर्ब १० करोड र आव २०७१/७२ मा ४८ करोड २१ लाख रुपैयाँ बाहिरिएको छ ।

बीमा कम्पनीहरुले आफ्नो क्षमता भन्दा बढीको जोखिममा अर्को कम्पनीलाई हस्तान्तरण गर्ने प्रक्रिया पुनर्बीमा भनिन्छ । पुनर्बीमा कम्पनीले पनि आफ्नो क्षमता भन्दा बढीको जोखिम अन्य कम्पनीलाई हस्तान्तरण गर्छन् । जुन प्रक्रियालाई रेट्रोशेसन भनिन्छ । नेपाल पुनबीमा कम्पनीले पनि आफ्नो क्षमता भन्दा जोखिममा विश्वका विभिन्न पुनर्बीमा कम्पनीलाई हस्तान्तरण गर्दै आईरहेको छ ।

त्यस्तै, सो अवधिमा कम्पनीले पुनर्बीमा शुल्क भुक्तानी बापत एक अर्ब ८१ करोड रुपैयाँ कमिशन आर्जन गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।