बीमितको सहि छाप गराएर कोरोना दाबी भुक्तानी गर्न संघको निर्देशन

0
Shares

नेपाल बिमक संघले बाँकी रहेको कोरोना दाबी भुक्तानी रकम भुक्तानी गर्न निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । संघले शुक्रबार पत्रचार गरी सबै कम्पनीहरुलाई आ आफनो हिस्साको भुक्तानी गर्न भनेकोे हो ।

संघले कोरोना बीमा मापदण्ड निर्देशिका २०७७ ले तोकेको सिमा भन्दा बढि भुक्तानी आकष्मिक बीमाकोषबाट मिलान गरि संचित मुनाफामा सार्न सकिने कम्पनीहरुलाई जानकारी गराएको छ । सो खर्चलाई वास्तविक खर्चको रुपमा स्वीकार गर्न कर विभागमा समेत सहजता गरिदिने बीमा प्राधिकरणले आश्वासन दिएको समेत बताएको छ । जसका कारण बीमकहरुको वित्तिय विवरणमा खासै ठूलो असर नपर्ने संघले जनाएको छ ।

संघले कोरोना बीमा दाबी भुक्तानी गर्दा व्यक्ति तथा परिवारको मात्रै दाबी भुक्तानी गर्न भनेको छ । समानुपातिक रुपमा बाँडफाँड गर्दा व्यक्ति तथा परिवारलाई तिर्नुपर्ने दाबी संख्या भन्दा बढी रकम नदिन समेत निर्देशन दिएको छ ।

बाँडफाँड भई बाँकी रहने रकमलाई जुन कम्पनीहरुको व्यक्ति तथा परिवारका संख्या बढि छन् तिनै कम्पनीहरुमा पुनस्वीकृत दाबी संख्याको अनुपातमा बाँडफाँड गरिनेछ । दाबी भुक्तानी गर्ने व्यक्ति तथा परिवारको नाम कम्पनीहरुले बीमक संघबाट सहि छाप गराई आ आफनो वेवसाईटमा प्रकाशित गर्न समेत संघले आदेश दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।