किसान माइक्रोफाइनान्सले पस्कियो लगानीकर्ता निराश बनाउने वित्तीय विबरण


किसान माइक्रोफाइनान्सले लगानीकर्तालाई निराश बनाउने किसिमको वित्तीय विबरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा भारी मात्रामा खुद नाफा घटेको वित्तीय विबरण गरेको माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानीमा झन धेरै गिरावट आएको छ ।

माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३५ लाख ९४ हजार रुपैंया खुद नाफा कमाएको छ । जबकी गत आर्थिक वर्षको यसै अवधिमा माइक्रोफाइनान्सले ८५ लाख ४८ हजार रुपैंया खुद नाफा कमाएको थियो । माइक्रोफाइनान्सको वित्तीय अवस्थामा आएको गिरावटलाई यसरी हेर्न सकिन्छ ।

समीक्षा अवधिमा माइक्रोफाइनान्सले चुक्ता पूँजी बढाउँदा खुद नाफा घटे पछि प्रतिशेयर आम्दानीमा भारी गिरावट आएको हो । मिर्मिरे र नागबेली लघुवित्तसँग मर्जरमा रहेका कारण गत बैशाख २१ गतेदेखि तीनवटै संस्थाको शेयर कारोबार रोक्का छ ।