अनलाईन मार्फत नै स्वास्थ्य बीमामा आबद्ध हुन सकिने

0
Shares

स्वास्थ्य बीमा बोर्डले अनलाईन मार्फत नै बीमा गराउन सकिने व्यवस्था गर्ने भएको छ।

नयाँ बीमितले अनलाईनबाट नै आफैले बीमा गराउन सक्ने व्यवस्था गर्न लागिएको स्वास्थ्य बीमा बोर्डका प्रमुख कार्यकारी अधिकृत दामोदर बस्यौलाले बताए । उनका अनुसार यसका लागि बोर्डले सफ्टवेयर निर्माण गरि रहेको छ ।

यो व्यवस्था पछि स्वास्थ्य बीमामा मानिसहरुको आबद्धता बढ्ने बोर्डले विश्वास लिएको छ । अनलाईनको सुविधा भए पछि मानिसले कुनै पनि स्थानमा बसेर सहजै स्वास्थ्य बीमामा आबद्ध हुने पाउँनेछन् । त्यसैले पनि यसको पहुँच वृद्धि हुने बोर्डको ठम्याईछ ।

हालको व्यवस्था अनुसार बीमा गराउनका लागि बोर्डले स्वयंसेवक नियुक्त गरेको छ । बोर्डले नियुक्त गरेका स्वयंसेवक नागरिकको घर घरमा पुगी बीमा गराउँदै आएका छन् ।

बोर्डले गत चैत महिना देखि अनलाईन मार्फत नविकरण गराउन सकिने व्यवस्था गरेको हो । एचआईवि प्रोफाईल नामक मोवाईल एप्लिकेशन मार्फत बीमितले आफनो बीमाको नविकरण आफै गर्न सक्नेछन् ।

त्यति मात्रै नभएर बीमितले आफनो बीमा सुविधा रकम कतिसम्म खर्च भयो भन्ने समेत जानकारी पाउँने छन् । आफनो बीमा सुविधा थैली कति रकम बाँकी छ भन्ने लगायतको जानकारी समेत पाउने बोर्डका प्रमुख कार्यकारी अधिकृत बस्यौलाले बताए ।

हालको व्यवस्था अनुसार बीमितले अस्पतालमा गएर उपचार गरेपछि, अस्पतालले उपचारको बिल स्वास्थ्य बीमा बोर्डलाई बुझाउँथे । बीमितले यस बिषयमा जानकारी पाउन नसक्ने हुदा अस्पतालहरुले फर्जी उपचार बिल समेत बुझाउने गरेको पाईएको बोर्डले जनाएको छ । तर, बोर्डले अनलाईन सुविधा प्रदान गरे पछि बीमितले कुन अस्पताललमा कुन कुन उपचार गर्दा कति कति खर्च लाग्यो भन्ने समेत हेर्न पाउँने भएका छन् । फलस्वरुप फर्जी बिल पेश हुने क्रम घटेको बोर्डको भनाई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।