मिथिला लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४६ लाख २ हजार रुपैंया खुद नाफा कमाएको छ । लघुवित्तले ३५ लाख ५० हजार रुपैंया खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा ६ करोड ५९ लाख रुपैंयाको चुक्ता पूँजीलाई बढाएर ९ करोड ८९ लाख रुपैंया पुर्याएको लघुवित्तको जगेडा कोषको आकार २ करोड ५८ लाखबाट बढेर ६ करोड ३४ लाख रुपैंया पुगेको छ ।
कमाईभन्दा पूँजी धेरै बढेका कारण लघुवित्तको प्रतिशेयर आम्दानी घटेको छ । गत आर्थिक वर्षको यै अवधिमा लघुवित्तको पश्तिशेयर आम्दानी २१ रुपैंया ५२ पैसा रहेकोमा अहिले १८ रुपैंया ६० पैसा कायम भएको छ ।
व्यवसाय बढेका कारण लघुवित्तको खुदव्याज आम्दानी भने बढेको छ । गत आर्थिक वर्षको यसै अवधिमा १ करोड ३१ लाख ८७ हजार रुपैंया खुद व्याज आम्दानी गरेको लघुवित्तले यस पटक १ करोड ८८ लाख ५ हजार रुपैंया खुद व्याज आम्दानी गरेको छ ।
कर्मचारी खर्च तथा अन्य सञ्चालन खर्च बढेका कारण लघुवित्तको कमाई वृद्धिको गतिमा केही अवरोध देखिएको छ ।
लघुवित्तको प्रतिशेयर नेटवर्थ १६४ रुपैंया १६ पैसा छ भने मूल्य आम्दानी अनुपात १३.८२ गूणाले बढी छ ।
प्रतिक्रिया