आवश्यक जानकारी नदिएपछि इक्राले खारेज गर्यो समिट एयरको रेटिङ

0
Shares

कर्जा रेटिङका लागि आवश्यक पर्ने तथ्य तथा सूचनाहरुको विवरण समिट एयरले नदिएपछि रेटिङ एजेन्सी इक्राले अप्रिल महिनामा गरेको रेटिङ खारेज गरेको छ ।

सन् २०२२ को अप्रिल महिनामा इक्राले समिट एयरलाई १ अर्ब ४८ करोड ३४ लाख २० हजार बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि डबल बी माइन्स र ए४ रेटिङ गरेको थियो । अप्रिल महिनामा नै समिट एयरले आवश्यक जानकारी उपलब्ध नगराएको जनाउदै इक्राले “इस्सुअर नट कोअपरेटिङ” को सूचीमा समिट एयरलाई वर्गीकरण गरेको थियो ।

कर्जाको पुनपुष्टिका लागि थप जानकारी आवश्यक रहेको र उक्त जानकारी प्राप्त गर्नका लागि इक्राले बारम्बार सम्पर्क गर्दा पनि समिट एयरबाट सहकार्य नभएको इक्राले जनाएको छ । जसको फलस्वरुप इक्राले समिट एयरको रेटिङ खारेज गरेको छ ।

सन् २०१० मा स्थापना भएको समिट एयर सुरुवाती समयमा गोमा एयरको ब्रान्डबाट सञ्चालनमा आएको थियो । सन् २०१६ मा गोमा एयरलाई पुर्न नामाकरण गरेर समिट एयरको नामबाट सञ्चालनमा आएको समिट एयरले नेपालको सुर्खेत र नेपालगन्जमा उडान भरिरहेको छ ।

कारगो तथा चार्टर फ्लाइट पनि सञ्चालन गर्ने समिट एयरले नेपालका हिमाली जिल्लामा रहेको जोमसोम, लुक्ला, सिमिकोट एयरपोर्टमा पनि उडान भर्दै आएको छ । विश्वको सबैभन्दा खतराजनक मानिएको लुक्ला एयरपोर्टमा नियमित उडान भर्ने र पर्वतीय उडान गर्नमा समिट एयर अग्रस्थानको एयरलाइन्स रहेको छ ।

हवाइ तथा उडान क्षेत्रमा लामो समयसम्म काम गरी अनुभव बटुलेका विकास राना समिट एयरको अध्यक्ष रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।