युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।
कम्पनी सञ्चालक समितिको मंसिर ७गते बसेको बैठकले लाभांश वितरणको प्रस्ताव गरेको हो। कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुँजीको १०।५२६ प्रतिशत नगद लाभांश ९करसहित० वितरण गर्ने प्रस्ताव गरेको छ।
बैठकले आफ्नो १३ औँ वार्षिक साधारणसभा यही मंसिर २८ गते आयोजना गर्ने निर्णय गरेको छ । सभा पोखराको घारीपाटनस्थित आभ्या क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले यही मंसिर १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १५ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
साधारण सभाले प्रस्तावित लाभांश अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन्।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया