सुनको मूल्य स्थीर, चाँदीमा सामान्य गिरावट

0
Shares

शुक्रबार सुनको मूल्य स्थीर रहेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रति तोला ९७ हजार ८०० रहेको छापावाला र ९७ हजार ३०० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य शुक्रबार पनि सोही कायम रहेको छ ।

सुनको मूल्य स्थीर भएता पनि चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार प्रति तोला १ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य शुक्रबार १० रुपैयाँले घटेर १ हजार २९५ रहेको महासंघले जनाएको छ ।

आज अन्तराष्ट्रिय बजारमा सुन प्रति औंस १७५७ डलर र चाँदी प्रति औंस २१.४१ डलरमा कारोबार भइरहेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ९ मंसिर २०७९, शुक्रबार  ११ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।