ई–कमर्स कम्पनी अलीबाबाले १५ अर्ब डलर बराबरको आईपीओ जारी गर्ने

0
Shares

विश्वकै ठूलो ई–कमर्स कम्पनी अलीबाबाले १५ अर्ब डलर बराबरको आईपीओ निष्काशन गर्ने तयारी थालेको छ । कम्पनीले उक्त आईपीको हङकङको शेयरबजारमा लिस्टिङ गर्ने जनाएको छ ।

कम्पनीले यही नोभेम्बरको अन्तिम साता सो शेयर सूचीकृत गर्ने तयारी गरेको छ । अलिबाबाको बुक बिल्डिङ्ग र सूचीकरण नोभेम्बर २५ देखि सुरु हुने बताइएको छ ।

अलीबाबाले निष्काशन गर्ने यो आईपीओ विश्वकै सबैभन्दा ठूलो धनराशिको हुनेछ । अलीबाबाले यसअघि सन् २०१४ मा पहिलो पटक आईपीओ जारी गरेको थियो । उक्त आईपीओ अमेरिकाको शेयर बजारमा सूचीकृत छ ।

प्रकाशित मिति: २४ कार्तिक २०७६, आइतबार  १६ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।