वैदेशिक अध्ययनका लागि जाने नेपाली विद्यार्थी मार्पmत वार्षिक अर्बौं रुपैयाँ बाहिरिने गरेको छ । वैदेशिक अध्ययनका लागि विश्वका विभिन्न मुलुकमा जाने विद्यार्थीले विदेशी कम्पनीसँग बीमा ठूलो मात्र पैसा बाहिरिने गरेको हो ।
मुलकुबाट यति ठूलो रकम बाहिरिने गरेको भएपनि नेपाल सरकार भने यस विषयमा बेखबर छ । वैदेशिक अध्ययनका लागि विश्वका विभिन्न मुलुकमा जाने विद्यार्थीले अध्ययन बीमा गर्नुपर्ने व्यवस्था छ । यस्तो खालको बीमा नेपाल स्थित शैक्षिक परामर्श संस्थाले सिधै विदेशी बीमा कम्पनीसँग गर्दै आएका छन् ।
अष्ट्रेलिया सरकारको नीति अनुसार विद्यार्थीले पढ्ने अध्ययनको तह र कोर्स अनुसार वार्षिक ७०० देखि १ हजार डलर बराबरको बीमा गर्नुपर्ने हुन्छ । बीमा गर्नका लागि अष्ट्रेलिया सरकारले अष्ट्रेलियन कम्पनी तोकिदिएको छ । जसअनुसार नेपाल स्थित शैक्षिक परामर्श केन्द्रले विद्यार्थीको भिसा आवेदन दिनु अगावै तोकिएका कम्पनीसँग बीमा गर्छन् ।
वैदेशिक अध्ययनका लागि अष्टे«लिया जाने विद्यार्थी वापत मात्रै वाार्षिक करिब ९ अर्ब रुपैयाँ बाहिरिने गरेको तथ्याङ्क देखिएको छ । शिक्षा मन्त्रालयका अनुसार वार्षिक एक लाख विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र नो अब्जेक्सन लेटर (एनओसी) लिन्छन् । सोही तथ्याङ्कलाई आधार मान्दा वार्षिक करिब ७० हजार विद्यार्थी मात्रै अष्ट्रेलिया जान्छन् । अष्ट्रेलिया सरकारको नीति अनुसार विद्यार्थीले भिसा आवेदन गर्नुपूर्व नै विद्यार्थीको स्वास्थ्य बीमा गर्नुपर्ने व्यवस्था छ ।

अष्ट्रेलिया सरकारले नीति अनुरुप औसत एक हजार डलर अर्थात् एक लाख २८ हजार रुपैयाँ बराबरको विद्यार्थीले स्वास्थ्य बीमा गरे भने वार्षिक ७० हजार विद्यार्थीले ८ अर्ब ९६ करोड रुपैयाँ बीमा मार्फत बाहिरिने नेको इन्स्योेरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत एवं नेपाल बीमक संघका महासचिव अशोक खड्काले बताए ।
अष्ट्रेलिया र सिंगापुरमा विदेशी विद्यार्थीको लगानी नडुबोस् भन्ने नीति छ । आफ्नो मुलुकप्रति विदेशी विद्यार्र्थीको धारणा राम्रो होस् भनेर नै यस्तो खालको नीति अवलम्बन गरिएको संघका महासचिव खड्काले बताए । उनका अनुसार युके र अमेरिका अध्ययन गर्न जाने विद्यार्थीले पनि बीमा गर्नुपर्छ । तर, यी मुलुकमा जाने विद्यार्थीले गन्तब्य मुलुकमा नै पुगेपछि बीमा गर्न सकिने व्यवस्था छ ।
अष्ट्रेलिया अध्ययनका लागि जाने विद्यार्थीले अष्ट्रेलियामा खोलिएका इन्स्योरेन्स कम्पनी एनआईवि हेल्थ इन्स्योरेन्स कम्पनी, एलिएन्ज हेल्थ इन्स्योरेन्स कम्पनी, बुप्पा हेल्थ इन्स्योरेन्स कम्पनीमा नै बीमा गर्नुपर्ने व्यवस्था छ ।
मन्त्रालयको तथ्यांक अनुसार गत आवमा ६६ हजार ८८५ ले अष्ट्रेलिया जानको लागि एनओसी लिएका छन् । १६ हजार ८२० ले जापान, पाँच हजार ८८३ ले अमेरिकाको लागि, पाँच हजार ५२२ ले क्यानाडाको लागि र पाँच हजार ७४ ले बेलायत अध्ययनका लागि जान एनओसी लिएका छन् । त्यस्तै, भारतको लागि ३ हजार ८३, यूएईको लागि २ हजार ३९४, कोरियाको लागि १ हजार ३३७, फ्रान्सको लागि ६८०, रसियाको लागि ६२६ र जर्मनीको लागि ४९९ विद्यार्थीले एनओसी लिएका छन् ।
आव २०७५/७६ मा अध्ययन जाने विद्यार्थी मार्फत ४६ अर्ब २४ करोड रुपैयाँ बाहिरियो । २०७६/७७ मा २५ अर्ब ८१ करोड रुपैयाँ बाहिरियो । आवमा २०७७/७८ मा २४ अर्ब ९५ करोड रुपैयाँ बाहिरियो भने गत आवमा करिब ६५ अर्ब रुपैयाँ बाहिरिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया