पोखराको तालचोकमा गरिमा विकास बैंकको नयाँ शाखा


गरिमा विकास बैंकले पोखराको तालचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । २०७६ कार्तिक २४ गते आईतबार पोखरा महानगरपालिका वडा नं. २७ स्थित तालचोकमा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरिएको हो ।
उक्त शाखा कार्यालयको उद्घाटन लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले गरेका छन् ।

कार्यक्रममा बोल्दै गरिमा विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले पर्यटकीय तथा अन्य व्यावसायिक दृष्टिले सम्भावना बोकेको पोखराको लेखनाथ क्षेत्रमा स्थापित तालचोक शाखाले सर्वसाधारण लगायत साना मझौला तथा ठुला व्यावसायिक क्षेत्रको विकास र विस्तारको लागि आवश्यक पूँजी उपलब्ध गराई लेखनाथ क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास रहेको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बैंकले ग्राहकहरुको आवश्यकता र सन्तुष्टिलाई केन्द्रमा राखेर उत्कृष्ट सेवा प्रवाहमा प्रतिवद्ध रहेकै कारण गरिमा विकास बैंक देशकै उत्कृष्ट विकास बैंकको रुपमा स्थापित हुन सफल भएको बताए ।

गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा र ४६ एटीएम तथा गरिमा रेमिटका करिब १० हजार एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले २०७६ कार्तिक २३ गतेसम्म ३६ अर्ब निक्षेप संकलन गरी करिब ३२ अर्ब कर्जा लगानी गरेको छ ।