नबिल बैंकबाट बंगलादेशी साझेदार बाहिरिँदै, एक करोड ७७ लाख कित्ता सेयर बिक्रीमा

0
Shares

नेपाल बंगलादेश बैंकलाई गाभेपछि बनेको नबिल बैंकबाट बंगलादेशको लगानीकर्ता (आईएफआईसी बैंक)  बाहिरिने भएको छ।

आईएफआईसी बैंकले आफ्नो स्वामित्वमा आएको नबिल बैंकको सेयर बिक्री गरेर बाहिरिन लागेको हो । नेपाल बंगलादेश बैंकमा बंगलादेशी साझेदार आईएफआईसी बैंक थियो। नेपाल बंगलादेश बैंकलाई नबिल बैंकले गत असारमा गाभेको हो।

आईएफआईसीले नबिलको एक करोड ७७ लाख ३६ हजार ८८ कित्ता संस्थापक सेयर बिक्रीका लागि निवेदन दिएको नबिल बैंकले जनाएको छ। आईएफआईसीले नबिलको सञ्चालक समितिको बैठकमा सो निवेदन पेससमेत भइसकको छ।

आईएफआईसीले बिक्री गर्न चाहेको नबिल बैंकको सेयर खरिद गर्न विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता राखिने सूचनामा उल्लेख छ। इच्छुक संस्थापकले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको मूल्य राखेर गोप्य सिलबन्दी निवेदन सक्ने छन ।

तोकिएको समयमा संस्थापकहरुबाट निवेदन नआए सर्वसाधरणलाई बिक्री आव्हान गरिने बैंकले उल्लेख गरेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ मंसिर २०७९, बिहिबार  ११ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।