धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्था बीच मर्जर सम्झौता भएको छ । यी दुई कम्पनीको मर्जर सम्झौता भएसँगै कम्पनीका आधारभूत सेयरधनीको सेयर कारोबार आजदेखि रोक्का भएको छ ।
मर्जर सम्झौतामा आइतवार धौलागिरीको तर्फबाट अध्यक्ष इश्वरलाल राज भण्डारी र खप्तडको तर्फबाट अध्यक्ष सुमन प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार मर्जर पश्चात बन्ने कम्पनीको धौलागिरी लघुवित्त वित्तीय संस्था रहने तथा अध्यक्षमा इश्वरलाल राज भण्डारी रहने भएका छन ।
राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको धौलागिरीले बाग्लुङ्ग नगरपालिका-२, श्रीनगर टोल, बाग्लुङ्गमा रजिष्टर्ड कार्यालय मार्फत आफ्नो कारोबार सञ्चालन गर्दै आइरहेको छ। सुदूरपश्चिममा कार्यक्षेत्र रहेको खप्तड लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया