नेपालको जीडिपीमा रेमिट्यान्सको योगदान २२ प्रतिशत

0
Shares

वर्ल्ड बैंकले नेपालको जीडिपीमा रेमिट्यान्सको हिस्सा २१.८ प्रतिशत रहेको अनुमान गरेको छ । बैंकको प्रक्षेपण अनुसार यो हिस्सा दक्षिण एशियाली देशहरुको तुलनामा सबै भन्दा धेरै हो ।

नेपालपछि पाकिस्तानले प्राप्त गर्ने रेमिट्यान्सको जीडिपीमा हिस्सा ७.७ प्रतिशत रहेको छ । श्रीलंकाको कुल जीडिपीको ४.९ प्रतिशत, बाङ्लादेशको ४.६ प्रतिशत, भारतको २.९ प्रतिशत, अफ्गानिस्तानको २.१ प्रतिशत, भुटानको २ प्रतिशत र माल्दिभ्सको ०.१ प्रतिशत रहेको छ । दक्षिण एसियाली राष्ट्रहरुको जीडिपीमा रेमिट्यान्सको सबैभन्दा धेरै योगदान नेपालमा रहेको छ भने माल्दिभ्समा सबैभन्दा न्युन रहेको छ ।

दक्षिण एशियाली देशहरु मध्येको भारत सबैभन्दा धेरै रेमिट्यान्स रकम भित्राउने देश रहेको छ । जसले सन् २०२२ मा मात्रै १०० अर्ब डलर रेमिट्यान्सका रुपमा आम्दानी गरेको छ । दोस्रोमा पाकिस्तान रहेको छ । यो वर्ष पाकिस्तानले २९ अर्ब डलर रेमिट्यान्स रकम देशमा भित्र्याएको छ । बाङ्लादेश तेस्रो स्थानमा रहेको छ, रेमिट्यान्स मार्फत बाङ्लादेशले २१ अर्ब डलर आर्जन गरेको छ ।

चौथो स्थानमा नेपाल रहेको छ जसले ८ अर्ब ५० करोड डलर रेमिट्यानस मार्फत आम्दानी गरेको छ । त्यसपछि श्रीलंका, अफ्गानिस्तान, भुटान र माल्दिभ्स रहेका छन् । माल्दिभ्सले सन् २०२२ मा कुनै रकम रेमिट्यान्स मार्फत आर्जन गरेको छैन । 

यसैगरी वर्ल्ड बैंकले नेपालले प्राप्त गर्ने रेमिट्यान्स रकममा पनि वृद्धि हुने जनाएको छ । सन् २०२१ मा ८ अर्ब २० करोड डलर रेमिट्यान्स भित्राएको नेपालले यो वर्ष उक्त रकम ३.६ प्रतिशतले बढेर ८ अर्ब ५० करोड डलर पुग्ने अनुमान वल्र्ड बैंकले गरेको छ ।

कोभिड–१९ स्रंक्रमण कम हुँदै गएपछि गल्फ देशहरुले यातयातमा लगाएको प्रतिबन्ध हटाएका छन् । नेपालले खाडी देशहरुमा य्ुवालाई पठाएर रेमिट्यान्स मार्फत विदेशी डलर आर्जन गरिरहेको छ ।

कतारले फिफा वल्र्ड कप २०२२ सञ्चालन गर्नका लागि स्टडियम निर्माण कार्य अघि सारेको थियो । स्टडियम निर्माणका लागि कतारले नेपाल र भारतबाट भारी मात्रामा कामदारहरुको माग गरेको थियो । यसकारण पनि नेपालमा रेमिट्यान्स बढ्दै गएको छ । त्यति मात्रै होइन, सरकारले विदेशी बस्ने आप्रवासी नेपालीका लागि डलर खाताको सुरुवात गरेदेखि रेमिट्यान्स बढ्दै गएको हो ।

नेपालको रेमिट्यान्समा वृद्धि भएता पनि बंङ्लादेशको रेमिट्यान्स आयमा ४.५४ प्रतिशत, पाकिस्तानको विप्रेषण मार्फत हुने आम्दानीमा ७.४ प्रतिशतले र श्रीलंकामा ३५ प्रतिशतले रेमिट्यान्स आम्दानीमा कमी आउने वल्र्ड बैंकको प्रक्षेपण रहेको छ ।

यसैगरी भारतबाट ठूलो सङ्खयामा अर्ध–दक्ष मानिसहरु खाडी मुलुक र दक्ष मानिसहरु विकसीत मुलुक गएका कारण भारतले प्राप्त गर्ने रेमिट्यान्स रकम सन् २०२२मा १२ प्रतिशतले बढेको छ । सन् २०२१ मा ८९ अर्ब ४० करोड डलर रेमिट्यान्स भित्राएको भारतले सन् २०२२ मा १०० अर्ब डलर भित्राएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।