चिलिमे हाइड्रोले घोषणा गर्यो दोहोरो अंकको लाभांश, बोनस कति ?


चिलिमे हाइड्रोले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई विबरण गर्ने प्रतिफल प्रस्ताव गरेको छ ।

हाइड्रो पावर सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले सेयरधनीलाई १५ प्रतिशत प्रतिफल दिने प्रस्ताव गरेको हो । कम्पनी सञ्चालक समितिले १५ मध्ये ७.५ प्रतिशत बोनस र ७.५ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

६ अर्ब ७५ करोड १७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको हाइड्रोको बोनस वितरण पश्चात चुक्ता पुँजी ७ अर्ब २५ करोड ८० लाख रुपैयाँ पुग्नेछ ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले पाउनेछन् । साथै उक्त प्रस्तावित लाभांश पारितका लागि कम्पनीले पुस २२ गते २६ औं वार्षिक साधारण सभा गर्नेछ ।

त्यसैगरी कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ३ गते आइतबार सेयरधनीदर्ता पुस्तिका बन्द गर्ने मिति तोकेको छ । बुकक्लोज अनुसार मंसिर २९ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

 

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।