एनएमबी बैंकमा दुई जना नयाँ सञ्चालक


एनएमबी बैंकले रिक्त रहेको सञ्चालक पदमा दुई जनालाई नियुक्त गरेको छ । बैंक सञ्चालक समितिको बैठकले सर्वसाधारण शेयरधनीका तर्फबाट कोटेश्वर, काठमाण्डौंका रवि शंकर सैंजु र नयाँ बानेश्वर, काठमाण्डौंकी सुनीती श्रेष्ठ (हाडा) लाई नियुक्त गरेको हो । बाँकी कार्यकालका लागि उनीहरुलाई सञ्चालक समिति सदस्य नियुक्त गरिएको बैैंकले जनाएको छ ।