निर्जीवन बीमा कम्पनीहरुले कार्तिकसम्म संकलन गरे सवा १३ अर्ब बढी बीमाशुल्क

0
Shares

निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९/८० को चार महिना अर्थात कार्तिकसम्ममा १३ अर्ब ३५ करोड ८५ लाख ८१ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको कार्तिकसम्ममा १२ अर्ब ५८ करोड २८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेकोमा समीक्षा अवधिमा ६.१६ प्रतिशतले बढेको हो । चालु आर्थिक वर्षको कार्तिकसम्ममा निर्जीवन बीमा कम्पनीहरुले ९ लाख १९ हजार १३८ वटा बीमालेख जारी गरी गरेका छन् ।

सञ्चालनमा रहेका १९ निर्जीवन बीमा कम्पनीहरुमध्ये राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा धेरै १ अर्ब ३१ करोड ११ लाख ३१ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । यसैगरी दोस्रो ठूलो बीमाशुल्क संकलन गरेको शिखर इन्स्योरेन्सले १ अर्ब २७ करोड ३ लाख ७७ हजार रुपैयाँ बीमाशुल्क उठाएको छ ।

तेस्रो नम्बरमा रहेको सगरमाथा इन्स्योरेन्सले १ अर्ब ६ करोड ८७ लाख ८३ हजार रुपैयाँ संकलन गर्दा नेको इन्स्योरेन्सले १ अर्ब ४ करोड २६ लाख १ हजार रुपैयाँ तथा सिद्धार्थले इन्स्योरेन्सले ९४ करोड ५५ लाख ७२ हजार रुपैयाँ र छैटौं धेरै बीमाशुल्क उठाएको हिमालयन एभरेष्ट इन्स्योरेन्सले ९० करोड ९६ लाख ४३ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

यसैगरी साउनदेखि कार्तिकसम्ममा एनएलजी इन्स्योरेन्सले ७८ करोड ७ लाख ४३ हजार रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले ६९ करोड ४६ लाख १४ हजार रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले ६६ करोड ५५ लाख ४० हजार रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सले ६१ करोड १८ लाख ५८ हजार रुपैयाँ, अजोड इन्स्योरेन्सले ६० करोड ६८ लाख ६५ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्सले ५५ करोड ३३ लाख ७८ हजार रुपैयाँ र दि ओरियण्टल इन्स्योरेन्सले कार्तिकसम्ममा ५० करोड २९ लाख ५३ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको प्राधिकरणको तथ्याङ्क छ ।

त्यस्तै चालु आवको चार महिना अवधिमा प्रभु इन्स्योरेन्सले ४८ करोड ९२ लाख ५० हजार रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्सले ४३ करोड ८७ लाख ९४ हजार रुपैयाँ, यूनाइटेड इन्स्योरेन्सले ४१ करोड १७ लाख २८ हजार रुपैयाँ, नेशनल इन्स्योरेन्सले ३७ करोड १६ लाख ४७ हजार रुपैयाँ, सानिमा जनरल इन्स्योरेन्सले ३० करोड १९ लाख ७८ हजार रुपैयाँ र सबैभन्दा कम बीमाशुल्क संकलन गरेको जनरल इन्स्योरेन्सको २६ करोड ५० लाख ५० हजार रुपैयाँ छ ।

सानिमा जिआईसी इन्स्योरेन्सले कार्तिकको २४ दिनमा ११ करोड ६० लाख ७५ हजार रुपैयाँ संकलन गरेको छ । साविकको सानिमा जनरल र जनरल इन्स्योरेन्सबीच कार्तिक ७ गतेदेखि मर्जर भई एकीकृत कारोबार भएपछि सो रकम बराबरको कारोबार भएको हो । कार्तिक ६ गतेसम्मको कारोबार भने साविकको सम्बन्धीत कम्पनीमा नै समावेश छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।