धितोपत्र दलालहरुको छाता सङ्गठन ‘स्टक ब्रोकर एसोसिएशन अफ नेपाल’ ले पुस २२ गते २८ औं वार्षिक साधारण सभा डाकेको छ ।
होटेल याक एण्ड यति दरबारमार्ग काठमाण्डौंमा दिउँसो १ बजेबाट सुरु हुने एसोसिएशनको सभाले संघको नयाँ नेतृत्व चयन गर्नेछ ।
उक्त सभाले संघको विधान संसोधनको प्रस्ताव छलफलको लागि पेश गरि पारित गर्ने, कार्यसमितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, कोषाध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८/७९ को वासलात आय व्ययको हिसाब सहितको आर्थिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ ।
यसैगरी सभाले आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने कार्य समितिको निर्वाचन चयन गर्ने लगायतका विविध प्रस्तावहरु छलफल गरी पारित गर्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया