पैंतिस लघुवित्तको शेयर किन्दा अझै घोषित लाभांश पाइने

0
Shares

नेप्सेमा सूचीकृत भएका ५० लघुवित्त कम्पनीहरुमध्ये ३५ लघुवित्त कम्पनीको शेयर खरीद गर्दा अझै पनि लगानीकर्ताले लाभांश पाउने अवस्था रहेको छ। कार्तिक २५ गतेसम्म गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने लाभांश घोषणा गरेका ३९ वटा लघुवित्त कम्पनीहरुबाट यस्तो तथ्य देखिएको हो।

लाभांश घोषणा गरेका ३९ वटा लघुवित्तमध्ये ८ वटा लघुवित्त कम्पनीले बुकक्लोज मिति तोकेर साधारण सभा आह्वान गरेका छन्। ८ मध्ये चारवटा लघुवित्त कम्पनीहरु फस्ट माइक्रोफाइनान्स, आशा लघुवित्त, मेरो माइक्रोफाइनान्स र ग्लोबल आइएमई लघुवित्तको साधारण सभा र लाभांशको लागि बुकक्लोज भैसकेको छ भने चार कम्पनीको बुकक्लोज हुन बाँकी छ। बुकक्लोज भैसकेका चारमध्ये फस्ट माइक्रोफाइनान्स र आशा लघुवित्तको साधारण सभा समेत सम्पन्न भैसकेको छ भने अन्य दुई मेरो माइक्रोफाइनान्स र ग्लोबल आइएमई लघुवित्तको भने बुकक्लोज भएपनि साधारण सभा सम्पन्न हुन बाँकी छ।

लाभांश घोषणा गरेपनि साधारण सभा र लाभांशको लागि बुकक्लोज नतोकेका ३१ लघुवित्त कम्पनी र बुकक्लोज मिति तोकेर साधारण सभा आह्वान गरेपनि बुकक्लोज हुन बाँकी ४ (लघुवित्तहरु गुराँस, आरएसडिस, सबैको र स्वदेशी लघुवित्त) गरि ३५ लघुवित्तको शेयर खरीद गर्ने लगानीकर्ताले अझैपनि सम्बन्धित कम्पनीले गत आवको मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश पाउनेछन्।

शेयर किन्दा लाभांश पाइने ३५ कम्पनीमध्ये अन्य ४ कम्पनीले निम्नअनुसार साधारण सभा र बुकक्लोज मिति तोकेका छन्। जसअनुसार गुराँस लघुवित्तको कार्तिक २६ गते मंगलबार (आजमात्रै) सम्म, आरएसडिसी लघुवित्तको कार्तिक २८ गतेसम्म, सबैको लघुवित्तको मंसिर ४ गतेसम्म र स्वदेशी लघुवित्तको लाभांश पाउन मंसिर ५ गतेसम्म शेयर खरीद गरि शेयरधनी कायम भएको हुनुपर्छ।

मंसिर १४ गते साधारण सभा आह्वान गरेको गुराँस लघुवित्तले कार्तिक २७ गते, मंसिर १३ गते साधारण सभा बोलाएको आरएसडिसीले कार्तिक २६ गते, मंसिर २१ गते साधारण सभा आह्वान गरेको सबैको लघुवित्तले मंसिर ५ गते र मंसिर १६ गते सभा आह्वान गरेको स्वदेशीले मंसिर ६ गते बुकक्लोज मिति तोकेको छ। यसअनुसार बुकक्लोजको अघिल्लो दिनसम्म शेयरधनी कायम रहने लगानीकर्ताले लाभांश पाउनेछन्।

लाभांश घोषणा नगरेका अन्य ३१ कम्पनीले बुकक्लोज मिति र साधारण सभा मिति नतोकेकोले बुकक्लोजको अघिल्लो दिनसम्म शेयर खरीद गर्ने लगानीकर्ताले सम्बन्धित कम्पनीले गत आवको मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश पाउनेछन्।

हेरौं ३५ लघुवित्तमा कुन कुनको शेयर खरीद गर्दा पाइन्छ लाभांश (लाभांश, साधारण सभा र बुकक्लोज मिति सहित)

 

  • लाभांश घोषणा गरेका ३९ लघुवित्तमध्ये दुईको साधारण सभा सम्पन्न, ६ वटाले बोलाए साधारण सभा

लाभांश घोषणा गरेका ३९ वटा लघुवित्त कम्पनीमध्ये हालसम्म दुई लघुवित्तले साधारण सभा सम्पन्न गरेर प्रस्ताव गरेको लाभांश अनुमोदन गराइसकेका छन् भने अन्य ६ कम्पनीले पनि आह्वान गरिसकेका छन्।

फस्ट माइक्रोफाइनान्सले साधारण सभाका लागि असोज १४ गते बुकक्लोज गरि असोज २८ गते साधारण सभा सम्पन्न गरेको हो भने आशा लघुवित्तले असोज १५ गते बुकक्लोज गरेर कार्तिक ७ गते साधारण सभा सम्पन्न गरिसकेको छ।

साधारण सभा आह्वान गर्ने अन्य ६ वटा लघुवित्त कम्पनीहरुमा मेरो माइक्रोफाइनान्स, ग्लोबल आइएमई लघुवित्त, स्वदेशी लघुवित्त, आरएसडिसी लघुवित्त, गुराँस लघुवित्त, सबैको लघुवित्त रहेको छ।

जसमध्ये मेरो माइक्रोफाइनान्सले कार्तिक २९ गते, आरएसडिसीले मंसिर १३ गते, गुराँस लघुवित्तले मंसिर १४ गते, स्वदेशीले मंसिर १६ गते र सबैको लघुवित्तले मंसिर २१ गते साधारण सभा आह्वान गरेका छन्।

  • लाभांश घोषणा हुन ११ लघुवित्त बाँकी

नेप्सेमा सूचीकृत ५० मध्ये ३९ वटाले गत आवको मुनाफाबाट लाभांश घोषणा गरिसकेकाले अब लघुवित्त समूहमा ११ कम्पनी मात्र लाभांश घोषणा गर्न बाँकी देखिन्छ। जुन निम्नअनुसार रहेको छन्।

१. फरवार्ड कम्युनिटी लघुवित्त वित्तीय संस्था
२. साना किसान लघुवित्त
३. डिप्रोक्स लघुवित्त वित्तीय संस्था
४. वोमी लघुवित्त वित्तीय संस्था
५. नाडेप लघुवित्त वित्तीय संस्था
६. नेपाल सेवा लघुवित्त वित्तीय संस्था
७. महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था
८. जनउत्थान सामुदायिक लघुवित्त
९. ग्रामीण विकास लघुवित्त
१० घोडीघोडा लघुवित्त वित्तीय संस्था
११. आधिँखोला लघुवित्त वित्तीय संस्था

नेप्सेमा सूचीकृत ७८ प्रतिशत लघुवित्त कम्पनीले लाभांश घोषणा गरिसकेका हुन्। अब बाँकी रहेका कम्पनीमा घोडीघोडा र आधिँखोला लघुवित्त हालै मात्र नेप्सेमा सूचीकृत भएकाले लाभांश वितरण नगर्न पनि सक्ने सम्भावना रहेको छ। अन्य लघुवित्तहरुले भने अघिल्लो आवका नै लाभांश वितरण गरेका कारण गत आवको मुनाफाबाट छिटै नै लाभांश वितरण गर्ने घोषणा गर्नसक्छन्।

हालसम्म ८६ वटा कम्पनीले गत आर्थिक वर्षको लाभांश वितरण गरेकोमा लघुवित्त बाहेकका अन्य ४७ कम्पनीको लाभांश. बुकक्लोज र साधारण सभाको मिति यसअनुसार रहेको छ।