युनाइटेड इन्स्योरेन्सले लाभांश पारित गर्न डाक्यो साधारण सभा

0
Shares

युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले पुस २७ गते बुधबार कम्पनीको २९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले पुस २७ गते अनमोल ब्यांक्वेट, शंखमुल, काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३५ नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

हाल युनाइटेड इन्सयोरेन्सको चुक्ता पुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ रहेको छ । यसअनुसार कम्पनीले सेयरधनीहरुलाई५ प्रतिशतले हुन आउने ५ करोड १४ लाख ८ हजार रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतले हुन आउने २७ लाख ५ हजार ६८४ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

सभाले गत आर्थिक वर्ष २०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै सभाबाट कम्पनीको संस्थापक सेयर तथा सर्वसाधारण सेयरको अनुपात बमोजिम सञ्चालक समितिको गठन गर्ने तथा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र, नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पारित हुनेछ ।

यस्तै सभाले वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब उपर छलफ, आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डामाथि छलफल गरी पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लागि पुस १७ गते आइतबारका दिन सेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने भएको छ । बुकक्लोज अनुसार पुस १४ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र सभामा प्रतिनिधित्व गर्न र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।