ज्योति लाइफको संस्थापक सेयर हिस्सा घट्यो, सर्वसाधारणकाे बढ्यो

0
Shares

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत भएको छ ।

कम्पनीले ४५ लाख ९८ हजार कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तणत भएको हो । सो सेयर रुपान्तरणपछि कम्पनीमा अब ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारण सेयरधनीको हिस्सा कायम भएको छ ।

बीमा प्राधिकरणबाट शेयर संरचना परिवर्तन स्वीकृत गर्ने सहमति पत्र, नेपाल धितोपत्र बोर्डको पूँजी संरचना परिवर्तन अभिलेख र कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्रबन्धपत्र नियामावलीमा संशोधन भई ५१ः४९ अनुपात कायम भएको हो ।

कम्पनीको पुस ८ गतेको निर्णय अनुसार ४५ लाख ९८ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणमा अभिलेख गरी सर्वसाधारण सेयर सरह कारोबारयोग्य भएको नेप्सेले जनाएको छ ।

कम्पनीमा कुल २ करोड ४२ लाख कित्ता सेयर सूचीकृत रहेको छ । जसमध्ये १ करोड २३ लाख ४२ हजार कित्ता संस्थापक र १ करोड १८ लाख ५८ हजार कित्ता सर्वसाधारण समुहतर्फ कायम भएको छ ।

ज्योति लाइफ र सूर्य लाइफ इन्स्योरेन्स मर्जर भई पुस ७ गतेदेखि एकीकृत कारोबार सुरु गरेका छन् ।

पुराना कम्पनीलाई टक्कर दिँदै सूर्यज्योति लाइफ, २८ अर्बको बन्यो कम्पनी

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।