ब्याजदर वढ्ने सम्भावनाले शेयर बजारमा गिरावट

0
Shares

नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । वित्तीय प्रणालीमा निक्षेप अभाव देखिन थालेपछि लगानीकर्ताको मनोवल झनै कमजोर भएको हो ।

पछिल्लो समयमा बैंकहरुमा निक्षेप अभाव वढ्दै गएको छ । त्यसको असर बैंकले प्रबाह गर्ने कर्जामा देखिएको छ । अहिले बैंकहरुले कर्जा प्रबाह नै ठप्प राखेका छन । बैंकहरुले कर्जा प्रबाह गर्नका लागि निक्षेप वढाउनु पर्छ । त्यसका लागि बैंकहरुले ब्याजदर वढाएर निक्षेप अकर्षण गर्नुको विकल्प छैन् । बैंकिङ प्रणालीको ब्याजदर कुनै पनि वेला वढ्न सक्ने भएकाले त्यसका नकारात्मक असर समग्र शेयर बजारमा देखिएको छ ।

शेयर बजार र बैंकिङ प्रणालीको ब्याजदरको सम्बन्ध उल्टो हुन्छ । बैंकिङ प्रणालीको ब्याजदर वढेको समयमा सेयर बजार घट्छ र ब्याजदर घटेको समयमा शेयर बजार वढ्छ । यो साताको पहिला दिन घटेको नेप्से परिसुचक सोमबार समान्य वढेको थियो । सोमबार आएको नेप्सेको सुधारले मंगलबार निरन्तरता पाउन सकेन । बैंकहरुले कर्जा प्रबाह रोकेपछि सेयर बजार पनि निरन्तर घट्ने क्रममा देखिएको छ ।

बुधबार कारोबार सुरु भएदेखि घट्दो क्रममा रहेको नेप्से परिसुचक बन्द हुँदासम्म कायम रह्यो । कारोबार सुरु हुँदा ११३९.९६ अंकमा रहेको नेप्से परिसूचक ४.८० अंकले घटेर ११३५.१६ अंकमा झरेको छ । बुधबार नेप्से परिसूचक संगै कारोबार रकम पनि घटेको छ ।

बुधबार नेप्सेमा कारोबार भएका अधिकासं कम्पनीको सेयर मूल्य घटेपछि त्यसको असर समग्र सुचकमा परेको हो । बुधबार नेप्सेमा कारोबार भएका समुहगत परिसुचक मध्ये बैंकिङ ५.२६, विकास बैंक २.७२, होटल ७.९४, उत्पादन मूलक २०.७४, जिवन बिमा ४०.६४, निर्जीवन विमा ५.१४, जलविद्युत ४.६४ र सामुहिक लगानी कोष समुह ०.११ अंकले घटेका छन् । तर, नेप्सेमा कारोबार भएका अन्य ०.०६, ब्यापार १६.६३ र वित्त समुह १.१ अंकले वढेका छन ।

बुधबार नेप्सेमा १५४ कम्पनीको ४ हजार एक सय २७ कारोबारवाट २७ करोड ५४ लाख रुपैयाँ बरावरको ९ लाख ८ हजार ३ सय ६३ कित्ता सेयर खरिद बिक्री भएको छ ।