रुकुम पश्चिममा “महिला सशक्तिकरणमा–महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न

0
Shares

रुकुम पश्चिमको मुसिकोटमा महालक्ष्मी लाईफ इन्स्योरेन्सले “महिला सशक्तिकरणमा–महालक्ष्मी लाईफ” कार्यक्रमको शुभारम्भ गरेको छ । महिलालाई रोजगारी समृद्धिको मुल नारा दिई संचालन भएको कार्यक्रमको उद्घाटन महालक्ष्मी लाईफका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले गरेका थिए ।

पौष ११ गते लक्ष्मी केसिको अध्यक्षतामा सम्पन्न शुभारम्भ र तालिम कार्यक्रममा विभिन्न पालिकाका जनप्रतिनिधि, महिला तथा अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै कार्यकारी प्रमुख भट्टराईले समाजमा पिछडिएका र अवसर नपाएका महिलाहरुलाई रोजगारी दिई आय आर्जनको लागि यो कार्यक्रम अवसरको रुपमा रहेको बताए ।

कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत प्रशान्तराज धमला र बजार प्रबन्धक यमलाल न्यौपानेले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै मुलुकको आर्थिक रुपान्तरणको लागि यो कार्यक्रम कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सानी भेरी गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष शेर बहादुर खड्काले महिला सशक्तिकरणको लागि सरकार र गाउँपालिकाले पनि बजेट छुट्याएकोले महिलाहरुको रोजगारी र आय बृद्धिको लागि संचालित यस्ता कार्यक्रममा महालक्ष्मी लाईफसँग सहकार्य गरेर जान तैयार रहेको जानकारी दिए।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।